। स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन बुझाएको छ ।
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार गत शुक्रबार नै जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो । सीआईबीले बुझाएको प्रतिवेदनमा २२ जनालाई प्रतिवादी बनाउनु पर्ने राय दिइएको छ ।
तत्कालीन स्मार्ट सेलका प्रबन्ध निर्देशक ६ जना, स्मार्ट सेल खरिद कर्ता ३ जना, ऐनसेलका ९ जना, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका २ जना, दूरसञ्चार प्राधिकरणका १ जना लगायत गरी २२ जनालाई प्रतिवादी बनाउनु पर्ने राय छ ।
त्यस्तै करिब ९६ अर्ब बिगो मागदाबी हुनुपर्ने राय पनि सीआईबीको छ । सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।
दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली, दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ काम भएको सीआईबीले बताएको छ ।