मुख्य समाचार
बजारमा एलपी ग्यासको अभाव भएको भन्ने जनगुनासो बढेपछि तेह्रथुममा ग्याँस डिलरहरूको अनुगमन
बजारमा एलपी ग्यासको अभाव भएको भन्ने जनगुनासो बढेपछि तेह्रथुममा ग्याँस डिलरहरूको अनुगमन

। बजारमा एलपी ग्यासको अभाव भएको भन्ने जनगुनासो बढेपछि तेह्रथुममा ग्याँस डिलरहरूको अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गुल्म हेडक्वार्टर जिरीखिम्ती र नेपाल पत्रकार महासंघ तेह्रथुमको संयुक्त टोलीले म्याङलुङ बजारमा रहेका ग्यास डिलरहरूको अनुगमन तथा निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा डिलरहरूमा रहेको ग्यासको मौज्दात, बिक्री-वितरणको अवस्था तथा उपभोक्ताले ग्यास पाउन भइरहेको सहजता र असहजताबारे जानकारी लिइएको थियो ।

अनुगमनमा प्रीमा ग्यास डिलरमा करिब ६० सिलिन्डर, रिजाल ग्यास डिलरमा करिब २२ सिलिन्डर र कोशी ग्यास डिलरमा २ वटा सिलिन्डर मौज्दात रहेको पाइएको छ ।


अनुगमनका क्रममा तत्काल कुनै किसिमको कैफियत वा अनियमितता फेला नपरेको र उपभोक्ताले ग्यास प्राप्त गर्न ठूलो हैरानी व्यहोर्नुपरेको अवस्था पनि नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बजारमा ग्याँस नपाइने भन्ने हल्लाका कारण उपभोक्ता आत्तिने र आवश्यकताभन्दा बढी ग्यास मौज्दात राख्ने प्रवृत्तिले केही डिलरमा ग्यासको मौज्दात कम देखिएको पाइएको हो ।

एपी ग्याँस डिलरका बिक्रेता राजेन्द्र कार्कीका अनुसार बजारमा ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर राख्न खोज्दा माग बढेको छ । तर, डिलरले उपभोक्ताको आवश्यकताका आधारमा ग्याँस वितरण गर्दै आएको उनको भनाइ छ । यता, अनुगमन टोलीले ग्याँस डिलर सञ्चालकहरूलाई प्रचलित मापदण्ड तथा कानुनी व्यवस्थाअनुसार पारदर्शी र व्यवस्थित रूपमा ग्यास बिक्री-वितरण गर्न निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी वालकृष्ण लिम्बुले बजारमा ग्यासको वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको बताउँदै तत्काल ग्यास अभाव वा अनियमितताको अवस्था नरहेको जानकारी दिए । यससँगै प्रशासनले उपभोक्तालाई पनि बजारमा ग्यास अभाव भएको भन्ने हल्लाकै भरमा आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आग्रह गरेको छ । ग्यासको आपूर्ति र बिक्री-वितरणलाई सहज बनाउन सम्बन्धित निकायले समेत निरन्तर निगरानी गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कुनै संस्था वा निकायले बालबालिकालाई नेपाल बाहिर लैजानु परे सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनु पर्ने भएको छ । यस निम्ति सरकारले बालबालिका सम्बन्धी ऐन २०७५ मा संशोधन गर्दैछ । मूल ऐनको दफा ७ मा बालबालिकाको संरक्षणको अधिकारसम्बन्धी व्यवस्था छ । यसमा उपदफा ११ थपेर सरकारले संस्था वा निकायले बालबालिकालाई विदेश ...
। डा. धवलशमशेर राणाको नेतृत्वमा गठित जय नेपाल पार्टीको निर्वाचन आयोगमा दर्ता गर्ने समय पर सारिएको छ । साउन २८ गते निर्वाचन आयोगमा दर्ता गर्ने गरी यसअघि निर्णय गरिएको थियो । आगामी विहीबारका लागि तय भएको पार्टी दर्ताको कार्यतालिका पर सरेको उक्त पार्टीका सर्वोच्च नेता दुर्गा प्रसाईले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । ‘नयाँ पार्टी गठन ...
। पर्सामा १०५ किलो (प्लाष्टिकबाहेक)गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले पटेर्वा गाउँपालिका-३ सोनवर्षाबाट उनलाई नियन्त्रणमा लिएको हो । शंकाष्पद रुपमा बोरा ...
। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार तथा ज्यालादारी कर्मचारीले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । सानोठिमीस्थित परिषद् बाहिर धर्ना दिइरहेका छन् । सोमबारदेखि आन्दोलन सुरु गरेका कर्मचारीले करार, मासिक ज्यालादारी तथा दैनिक ज्यालादारी श्रमिकको रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । दुई महिने सेवा निरन्तरता खारेज गरि १ वर्षलाई निरन्तरता दिनुपर्ने लगायतका ...
। २३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान सरकारी कार्यालयहरूमा भएको आगजनीमा डेढ खर्ब रुपैयाँ बराबरको स्रेस्ता जलेको अवस्थालाई पुनर्स्थापना गर्ने विभिन्न विकल्पबारे महालेखा परीक्षकको कार्यालय र सरकारी निकायले सार्वजनिक लेखा समितिलाई जानकारी गराएका छन् । लेखा समितिको जारी बैठकमा महालेखा परीक्षक र महालेखा नियन्त्रकले विद्यमान विभिन्न प्रणाली प्रयोग गरेर रिकोभरी गर्न सकिने बताए । ...