मुख्य समाचार
अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टले नेपालसँगको संसदीय सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता
अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टले नेपालसँगको संसदीय सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता

। अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टले नेपालसँगको संसदीय सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

भेटवार्तामा राजदूत साइमन अनर्स्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय तहको सहकार्य तथा जनस्तरीय सम्बन्धको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

साथै, नेपाल र अष्ट्रेलियाबीच शिक्षा, मानव संसाधन विकास, संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको स्मरण गराउँदै यस्तो सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


भेटवार्तामा सभामुख अर्यालले संघीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत संलग्नता बढाउनुपर्नेमा जोड दिए ।

उनले साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिका लागि संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सभामुख अर्यालले नेपालको सामाजिक–आर्थिक विकासमा अष्ट्रेलिया सरकारले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै विशेषगरी अष्ट्रेलिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसरहरूमार्फत नेपालको मानव संसाधन विकासमा अष्ट्रेलियाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे ।

भेटमा जनस्तरीय सम्बन्धलाई दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै सभामुख अर्यालले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य रहेको बताए ।

साथै, अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सोही ठाउँका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीय छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान सरकारी कागजात जलेर लेखा परीक्षण हुन नसकेको सन्दर्भमा सार्वजनिक लेखा समितिको मार्गनिर्देशन पालना गर्ने बताएका छन् । समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यसघटनाबारे सरकार र प्रतिपक्षीको दृष्टिकोणमा खासै फरक नरहेको बताए । त्यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले यो सन्दर्भमा सरकारको ...
। पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक म्याग्दीको धौलागिरी ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्प दंशविरुद्ध लगाइने एन्टी स्नेक भेनम (एएसभी) अभाव भएको छ । अस्पताल प्रशासनले मंगलबार सूचना निकालेर अस्पतालमा एएसभीको मौज्दात सकिएको जनाएको छ । अस्पतालका प्रवक्ता एवं सूचना अधिकारी डा. उदयनारायण सिंहले दुई दिनदेखि एन्टी स्नेक भेनम अस्पतालमा नरहेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘दुई दिनदेखि अस्पतालमा एन्टी स्नेक भेनम सकिएको छ । यसबारे ...
। कृषि वन तथा पर्यावरण मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी)को आम्दानीबाटै कृषकको बक्यौता भुक्तानी गरेको बताएको छ । यो विषयमा संसद्मा र सार्वजनिक रुपमा समेत चासो व्यक्त भएपछि कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको सचिवालयले डीडीसीको आम्दानीबाटै कृषकको बक्यौता भुक्तानी गरेको प्रष्टीकरण दिएको हो । कृषि वन तथा पर्यावरण मन्त्री चौधरीको सचिवालयले भनेको छ, ‘यस बिचमा ...