मुख्य समाचार
जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने व्यवस्थापकीय तयारी सुरु
जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने व्यवस्थापकीय तयारी सुरु

। जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने व्यवस्थापकीय तयारी सुरु भएको छ । यसवर्ष मेलाको व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरेर काम थालेका छन् ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा सरसफाइ तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार–प्रसार, यातायात व्यवस्थापन, आर्थिक, समन्वय तथा आन्तरिक व्यवस्थापन, सुरक्षा, दररेट निर्धारण समितिलगायत ११ वटा उपसमिति गठन गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा लाग्ने प्रसिद्ध धार्मिक तीर्थ गोसाइँकुण्ड मेला भर्न आउने श्रद्धालु भक्तजनको यात्रा सहज, सफल र सुरक्षित बनाउने उद्देश्यले गठन भएका उपसमितिहरूले काम सुरु गरेका छन् । यसैगरी स्थानीय तह र समुदाय, सुरक्षा निकाय, स्वास्थ्य संस्थाबीच समन्वयसहित सहकार्य भइरहेको छ ।

धार्मिक पैदलमार्गको मर्मतसम्भार तथा सरसफाइ, होटल तथा लजको सुदृढीकरण, खाना–नास्ता र खानेपानीको व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालनसहित उद्धार तथा राहत व्यवस्थापनसँग सम्बन्धित काम अघि बढेको गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावा सिदार तामाङले जानकारी दिए ।


लेक लाग्ने समस्यालाई मध्यनजर गर्दै अक्सिजनसहितको चिकित्सक टोली गोसाइँकुण्डमा तैनाथ गरिने भएको छ ।

हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बत्यालका अनुसार स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गोसाइँकुण्ड क्षेत्र विकास समिति, सञ्चारकर्मी तथा नागरिक समाजसँगको समन्वयमा स्वास्थ्य उपचार तथा उद्धार, सुरक्षा, प्रचारप्रसारलगायतका काम गरिने छ ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले मौसममा आउने प्रतिकूलताका आधारमा कुनै तीर्थयात्री गम्भीर बिरामी परेमा सम्भव हुनेमा सवारीसाधन र त्यसबाट नभए हेलिकोप्टर समेत प्रयोग गरी नि:शुल्क रुपमा बिरामीको उद्धार गरिने प्रतिबद्धता व्यक्त गरे ।

समुद्री सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा अवस्थित पवित्र गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन स्नान, पूजा र दर्शन गर्नाले सम्पूर्ण देवदेवताको एकैसाथ दर्शन गरी पुण्य प्राप्त हुने धार्मिक विश्वाससहित नेपाल तथा भारतलगायत विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्याका भक्तजन हरेक वर्ष गोसाइँकुण्ड पुग्ने गरेका छन् ।

काठमाडौंबाट यात्रा सुरु गरी पहिलो दिन रसुवाको देउराली र दोस्रो दिन गोसाइँकुण्ड पुग्न सकिने भएकाले गोसाइँकुण्ड प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित भई पहिलो रोजाइमा परेको भक्तजन सोनाम ग्याल्वो घलेले जानकारी दिए ।

मेला नजिकिँदै जाँदा स्थानीय होटल तथा व्यवसायीहरूले खाद्यान्न, दैनिक उपभोग्य सामग्री र आवश्यक सामान ढुवानी सुरु गरिसकेका छन् । होटल व्यवसायी पासाङ घ्युर्मी तामाङका अनुसार तीर्थयात्रीको चापलाई ध्यानमा राखी खाद्य सामग्रीको पर्याप्त व्यवस्थाका लागि ढुवानी कार्य सुरु भइसकेको छ । पैदलमार्गमा २०० वटा (थर्कु) छाप्रा बनाउने काम सुरु भएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र हिमाली सभ्यताको अनुपम सङ्गमका रूपमा परिचित गोसाइँकुण्डमा यस वर्ष पनि हजारौँ श्रद्धालुको उपस्थिति रहने अपेक्षा गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए ।

यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले गोसाइँकुण्ड मेला भर्न आउने यात्रुलाई आवश्यक सुरक्षा एवं उद्धारको आवश्यक व्यवस्था गरिएकाले निर्धक्क भई यात्रा गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले मंगलबार घण्टाकर्ण पर्व मनाएका छन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकासहित धेरै ठाउँका नेवार समुदायले गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् । हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा ‘नास्तिक गठांमुगः’लाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । भक्तपुरमा मनाइने गठेमङ्गलको छुट्टै आकर्षण छ । त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानवरुपी ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधि समेत सुरक्षित नरहेको टिप्पणी गरे । राईले प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाए । विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् । राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डा. कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्ने उनले बताए । इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक ...
। रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सोही ठाउँका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीय छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान सरकारी कागजात जलेर लेखा परीक्षण हुन नसकेको सन्दर्भमा सार्वजनिक लेखा समितिको मार्गनिर्देशन पालना गर्ने बताएका छन् । समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यसघटनाबारे सरकार र प्रतिपक्षीको दृष्टिकोणमा खासै फरक नरहेको बताए । त्यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले यो सन्दर्भमा सरकारको ...