मुख्य समाचार
अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू ओझेलमा पर्दै गएका बेला अन्तर्राष्ट्रिय समुद्री जलमार्गमा पुनः नयाँ आक्रमण
अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू ओझेलमा पर्दै गएका बेला अन्तर्राष्ट्रिय समुद्री जलमार्गमा पुनः नयाँ आक्रमण

: अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू ओझेलमा पर्दै गएका बेला मङ्गलबार अन्तर्राष्ट्रिय समुद्री जलमार्गमा पुनः नयाँ आक्रमणहरू भएका छन्।

यमनस्थित इरान-समर्थित हुथी विद्रोही र अमेरिकी सेनाले आ-आफ्नो क्षेत्रमा जहाजहरूमाथि कारबाही गरिएको दाबी गरेका छन्। यसैबीच, वासिङ्टनले आफ्ना सर्तहरू स्वीकार नगरेसम्म रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग बन्द नै रहने चेतावनी तेहरानले दिएको छ।

विश्वव्यापी तेल आपूर्तिका लागि मुख्य मानिने ओमानको खाडी र लाल सागरको प्रवेशद्वारमा आक्रमण तीव्र बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ भने शेयर बजारमा मन्दी देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा 'ब्रेन्ट क्रुड'को मूल्य १.४ प्रतिशतले बढेर प्रतिब्यारेल ८८.९१ डलर र अमेरिकी क्रुड १.३ प्रतिशतले बढेर ८३.२० डलर पुगेको छ।

लाल सागरको दक्षिणी प्रवेशद्वार मानिने बाब अल-मन्देव जलडमरूमध्यमा एक मालवाहक जहाजमा हुथी समूहले गरेको आक्रमणमा चालक दलका चार जनाको मृत्यु भएको यमनको यातायात मन्त्रालयले जनाएको छ। उद्धारका क्रममा दुई जना यमनी तटरक्षकको समेत ज्यान गएको छ। इजिप्टको स्वामित्वमा रहेको 'तिहामाह' नामक जहाजमा भएको यो आक्रमण इरान युद्ध सुरु भएयता हुथीद्वारा नागरिक जहाजमा गरिएको पहिलो घातक प्रहार हो।

हुथी नियन्त्रित समाचार संस्था 'साबा'का अनुसार साउदी अरेबियामाथि लगाइएको समुद्री नाकाबन्दीका क्रममा सैन्य सामग्री बोकेको साउदी जहाजमाथि आक्रमण गरिएको हो।

अर्कोतर्फ, अमेरिकी मध्य कमान्डले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा पानामाको ध्वजावाहक जहाजलाई 'हेलफायर' मिसाइलमार्फत नियन्त्रणमा लिने प्रयास गरिएको जनाएको छ। ओमानको खाडीनजिकै अमेरिकी हेलिकप्टरले सो जहाजको स्टेयरिङ गियर निष्क्रिय पारिदिएको छ।

दुवै पक्षबाट तनाव बढाउने खालका वक्तव्य आउने क्रम जारी छ । इरानका शीर्ष सुरक्षा अधिकारी मोहसेन रजाईले अमेरिकाले रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा नगरेसम्म र लेबनान तथा गाजासहित सम्पूर्ण क्षेत्रमा द्वन्द्वको अन्त्य नगरेसम्म हर्मुज जलडमरूमध्य नखोलिने स्पष्ट पारेका छन्। यो जलमार्गबाट विश्वको पाँचौँ भाग तेल र एलपीजी ओसारपसार हुने गर्दछ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले ५० वर्ष यताका हिंसा र आक्रमणको क्षतिपूर्ति तिर्नुपर्ने नयाँ सर्त अघि सारेका छन्। ट्रम्पले कूटनीतिक सम्झौताको दाबी गरे पनि इरानलाई आर्थिक रूपमा टाट पल्टाउने वा थप कडा आक्रमण गर्ने दुवै विकल्प खुला रहेको बताएका छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता यो द्वन्द्वमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्। इरानी क्रान्तिकारी गार्ड्सले अब शत्रुको भूभागमै छिरेर कारबाही गर्न सक्ने सैन्य क्षमता विकास गरिरहेको चेतावनी दिएपछि क्षेत्रीय सङ्कट अझ गहिरिने खतरा बढेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...