मुख्य समाचार
प्रतिनिधिसभाका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाह जिद्दी स्वभावको भएको टिप्पणी
प्रतिनिधिसभाका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाह जिद्दी स्वभावको भएको टिप्पणी

: प्रतिनिधिसभाका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाह जिद्दी स्वभावको भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनेमा आफूलाई विश्वास नभएको बताएका छन् ।

उनले सभामुख संसदको अभिभावक भएको बताउँदै प्रधानमन्त्रीसँग बैठक बसेर सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी ...
। चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय मंगले बोटे रहेका छन् । मंगलबार बिहान करिब ५ बजेतिर मर्निङ वाकमा निस्किएका बोटेलाई भरतपुर महानगरपालिका–२८ जितपुरमा बाघले आक्रमण गरेको थियो । मर्निङवाकमा निस्किएका बोटे एक्कासी बेपत्ता भएपछि उनको खोजतालस गरिएको थियो । बिहान करिब ८ बजेतिर उक्त स्थानमा बाघ देखिएको भन्ने खबरपाएसँगै प्रहरी, ...
। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यहाँका सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ३४ जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिएको छ । प्रशासन कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेदेखि चार वटा टोली परिचालन गरेर १३ वटा सरकारी कार्यालयमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा स्वीकृति नलिई बिदा वा काजमा बसेका, हाजिर गरेर कार्यालयमा उपस्थित नभएका तथा ढिला कार्यालय आउने कर्मचारीको ...
— सुर्खेतको भेरीगंगा नगरपालिका १३ रामघाटमा घरयासी विवादका क्रममा श्रीमतीलाई हत्या प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान्‌लाई नियन्त्रणमा लिएको छ। भेरीगंगा १३ रामघाटकी ५० वर्षीया महेश्वरी रानालाई उनका श्रीमान् ४९ वर्षीय जयबहादुर रानाले बुधबार साँझ घरयासी विवादपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। घाइते ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंका अनुसार ९ वटा काम गरे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एक्लै हुने छैनन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई इंगित गर्दै उनले यस्तो बताएका हुन्। ‘सम्माननीय सभामुख ज्यू, सम्माननीय प्रधानमन्त्री ज्यूको एउटा फेसबुक स्टाटस आएछ । म एक्लै छु,’ उनले भनेका छन्, ...