मुख्य समाचार
नारायणी अस्पतालमा ‘एन्टी स्नेक भेनम’ नहुँदा सर्पदशंका बिरामीले पाएनन् उपचार
नारायणी अस्पतालमा ‘एन्टी स्नेक भेनम’ नहुँदा सर्पदशंका बिरामीले पाएनन् उपचार

: वीरगन्जको नारायणी अस्पतालमा सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम (एएसभी) नामक इन्जेक्शन (सुई) दुई दिनदेखि सकिएको छ । जसका कारण सर्पले डसेका बिरामीहरुलाई अस्पतालले अन्यत्र पठाउन थालेको छ । सोमबार नारायणी अस्पताल प्रशासनले नै एक सूचना जारी गर्दै सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात अस्पतालमा सोमबारदेखि सकिएको र तालुक कार्यालयबाट प्राप्त नभएकाले यसबाट बिरामीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

नारायणी अस्पतालमा उपचारका लागि दैनिक सरदर सात आठ जना सर्प दंशका बिरामी आउने गरेको अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी प्रहलादप्रसाद साहले बताए । तर सोमबारदेखि एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात सकिएका कारण उपचारका लागि आउने सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार, नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका जिल्लाबाट सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

यसअघि अस्पतालमा मौज्दात सकिन थालेपछि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरको निर्देशनमा पर्साकै ठोरी, बाराको निजगढ, कौल्हबी, सर्लाहीको नवलपुरलगायतका स्थानमा रहेका सर्पदंश उपचार केन्द्रबाट मगाएर काम चलाइएको उनले बताए ।

अस्पतालमा एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात सकिन लागेपछि साउन ७ गते नै आफू जनकपुर गएर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा जानकारी गराएको भन्दै उनले भने, ‘त्यस दिन स्टक छैन भनेर फिर्ता पठाइ दिए । त्यसपछि गत आइतबार पनि फोन गर्दा अहिले आइसकेको छैन भन्ने जवाफ पाएँ ।’ अब फेरि बुधबार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सम्पर्क गर्ने जानकारी पनि साहले गराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
। ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताइन्। उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी ...
भोटेकोशी नदीमा आएको बाढीले बागमती प्रदेशका जिल्लाहरूमा भीषण क्षति पुर्‍यायो । त्यसको निरीक्षण गरेर फर्किनुभयो, त्यहाँको अवस्था कस्तो पाउनुभयो ? भोटेकोशी नदीमा आएको बाढीले प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा पालिकामा धेरै ठूलो जनधनको क्षति भएको छ । झन्डै ७ हजारको हाराहारीमा मानवीय क्षति भएको अनुमान गरेका छौं । मानवीय क्षतिसँगै त्यहाँका ...
। रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको छ । बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको जानकारी दिए । उनका ...
। १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा पानीजन्य रोग तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) को उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले महामारी फैलिन सक्ने भन्दै विभागले सम्पूर्ण उपभोक्ता, राहत वितरक ...