मुख्य समाचार
नारायणी अस्पतालमा ‘एन्टी स्नेक भेनम’ नहुँदा सर्पदशंका बिरामीले पाएनन् उपचार
नारायणी अस्पतालमा ‘एन्टी स्नेक भेनम’ नहुँदा सर्पदशंका बिरामीले पाएनन् उपचार

: वीरगन्जको नारायणी अस्पतालमा सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम (एएसभी) नामक इन्जेक्शन (सुई) दुई दिनदेखि सकिएको छ । जसका कारण सर्पले डसेका बिरामीहरुलाई अस्पतालले अन्यत्र पठाउन थालेको छ । सोमबार नारायणी अस्पताल प्रशासनले नै एक सूचना जारी गर्दै सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात अस्पतालमा सोमबारदेखि सकिएको र तालुक कार्यालयबाट प्राप्त नभएकाले यसबाट बिरामीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

नारायणी अस्पतालमा उपचारका लागि दैनिक सरदर सात आठ जना सर्प दंशका बिरामी आउने गरेको अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी प्रहलादप्रसाद साहले बताए । तर सोमबारदेखि एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात सकिएका कारण उपचारका लागि आउने सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार, नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका जिल्लाबाट सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

यसअघि अस्पतालमा मौज्दात सकिन थालेपछि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरको निर्देशनमा पर्साकै ठोरी, बाराको निजगढ, कौल्हबी, सर्लाहीको नवलपुरलगायतका स्थानमा रहेका सर्पदंश उपचार केन्द्रबाट मगाएर काम चलाइएको उनले बताए ।

अस्पतालमा एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात सकिन लागेपछि साउन ७ गते नै आफू जनकपुर गएर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा जानकारी गराएको भन्दै उनले भने, ‘त्यस दिन स्टक छैन भनेर फिर्ता पठाइ दिए । त्यसपछि गत आइतबार पनि फोन गर्दा अहिले आइसकेको छैन भन्ने जवाफ पाएँ ।’ अब फेरि बुधबार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सम्पर्क गर्ने जानकारी पनि साहले गराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा ...
। फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको थियो। सुरुमा सङ्क्रमित भएपछि पछि ...
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...