मुख्य समाचार
इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि
इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीएमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि गरेका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझावअनुसार आफू अर्को विमानमा सरेको बताए। ‘उनीहरूले मलाई अर्को उडान, अर्को विमानमा जान भनेका थिए। मैले उनीहरूले भनेअनुसार गर्नुपर्छ,’ उनले भने।

ट्रम्प जुलाई ८ मा टर्कीको अंकाराबाट पुरानो एयर फोर्स वनमा फर्किने तयारीमा थिए। टेलिभिजन क्यामेराले उनलाई उक्त विमानमा चढेको दृश्यसमेत खिचेका थिए। तर, त्यसपछि उनी विमानको अर्को पट्टिबाट क्याटरिङ ट्रकमार्फत निकालिएर गोप्य रूपमा सानो सैन्य विमान सी–३२एमा सारिएको विवरण सार्वजनिक भएको छ।

अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार अमेरिकी सुरक्षा निकायले इरानबाट विमानमा क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय खतरा पत्ता लगाएको थियो। द न्युयोर्क टाइम्सले नाटो सम्मेलनस्थलनजिक काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र बोकेको व्यक्ति देखिएकोसम्बन्धी सूचना अमेरिकी गुप्तचर निकायसँग रहेको जनाएको छ।

ट्रम्पले भने आफूले खतराबारे धेरै जानकारी नलिएको बताएका छन्। ‘मलाई धेरै धम्की आउँछन्,’ उनले भने, ‘तपाईंहरूलाई थाहा नभएका धेरै धम्की पनि छन्।’

विमान परिवर्तनको यो योजनाबारे एयर फोर्स वनमा रहेका अधिकांश पत्रकार र ह्वाइट हाउसका कर्मचारीसमेत अनभिज्ञ थिए। उनीहरूलाई विमानका झ्यालका पर्दा बन्द राख्न भनिएको थियो। राष्ट्रपति विमानमा नरहेको थाहा नपाई उनीहरू एयर फोर्स वनमै फर्किएका थिए।

ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनका अनुसार विमानमा रहेका पत्रकारहरूले झ्यालका पर्दा बन्द राख्न दिइएको निर्देशन असामान्य लागेको बताएका छन्। विमानको अगाडि र पछाडि दुईवटा क्याटरिङ ट्रक राखिएको देखिएको र पत्रकारहरूलाई राष्ट्रपति चढेको तस्बिर लिनबाट समेत अप्रत्यक्ष रूपमा रोकिएको विवरण सार्वजनिक भएको छ।

ट्रम्पलाई सारिएको सी–३२ए सैन्य विमान बोइङ ७५७ को परिमार्जित संस्करण हो, जुन उपराष्ट्रपतिसहित उच्चपदस्थ अधिकारीको यात्रामा प्रयोग हुने गर्छ। अमेरिकी रक्षा सचिव पिट हेगसेथ पनि छुट्टै रूपमा सोही विमानमा चढेका थिए।

ट्रम्पले विमान परिवर्तन भएको पुष्टि गरे पनि कुन प्रकारको खतरा थियो भन्नेबारे विस्तृत जानकारी दिएका छैनन्। यस घटनाले इरानसँगको द्वन्द्वका क्रममा अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर कायम चिन्तालाई भने थप उजागर गरेको छ।

अमेरिकी अधिकारीहरूले युद्ध वा द्वन्द्वग्रस्त क्षेत्रमा राष्ट्रपतिको यात्रा गर्दा यस्ता सुरक्षा उपाय असामान्य नभएको बताएका छन्। यसअघि पनि अमेरिकी राष्ट्रपतिहरू अफगानिस्तान, इराक र युक्रेनजस्ता संवेदनशील क्षेत्रमा गोप्य रूपमा यात्रा गरेका छन्। तर, सञ्चारमाध्यमलाई जानकारी नै नदिई राष्ट्रपतिलाई आधिकारिक विमानबाट अलग गरेर ‘डिक्वे’ विमान प्रयोग गराइएको घटना भने असामान्य मानिएको छ।

इरानसँगको द्वन्द्वका क्रममा ट्रम्पले आफू इरानको ‘मुख्य लक्ष्य’ रहेको बताउँदै आएका छन्। यसअघि अमेरिकी अधिकारीहरूले पनि इरानले ट्रम्पलाई लक्षित गर्न सक्ने खतरा रहेको दाबी गरेका थिए। पछिल्लो विमान परिवर्तनको घटनाले युद्ध अन्त्यतर्फ गएको ट्रम्पको दाबीका बाबजुद इरानबाट अमेरिकी राष्ट्रपतिमाथि रहेको सुरक्षा जोखिम अझै कायम रहेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...