मुख्य समाचार
घरयासी विवादका क्रममा श्रीमतीलाई हत्या प्रयास गरेको आरोपमा श्रीमान्‌लाई पक्राउ
घरयासी विवादका क्रममा श्रीमतीलाई हत्या प्रयास गरेको आरोपमा श्रीमान्‌लाई पक्राउ

— सुर्खेतको भेरीगंगा नगरपालिका १३ रामघाटमा घरयासी विवादका क्रममा श्रीमतीलाई हत्या प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान्‌लाई नियन्त्रणमा लिएको छ। भेरीगंगा १३ रामघाटकी ५० वर्षीया महेश्वरी रानालाई उनका श्रीमान् ४९ वर्षीय जयबहादुर रानाले बुधबार साँझ घरयासी विवादपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।

घाइते महेश्वरीलाई उपचारका लागी कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत ल्याइएको ल्याइएको थियो । अस्पतालका अनुसार उनको थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ । अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा गरी करिब ३५ देखि ३६ प्रतिशत जलेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ । वनभोज कार्यक्रममा हात्तीलाई मन पर्ने परिकार र फलफूलहरू सामुहिक रूपमा खुवाइएको थियो । उक्त अवसरमा हात्तीहरूलाई भेली चामलको खिर, पाउरोटी, उखु, गाजर, ड्राईगन फ्रुट, केरा, फर्सी, खरभुजा लगायतको परिकार खान दिइएको थियो । वनभोजमा सरकारी र निजी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम भइरहेको ...
: युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू र युवा तथा ...
: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको छड्के अनुगमनमा ३४ जना कर्मचारी कानुनी कारवाहीमा परेका छन्। अनुगमनका क्रममा ८ जना कर्मचारी कार्यालयमा अनुपस्थित थिए भने १२ जना ढिलोगरी कार्यालय आएका र १४ जनाले ड्रेसकोडको पूर्ण पालना नगरेको भेटिएका हुन्। जिल्ला सदरमुकामस्थित विभिन्न १३ वटा सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनका लागि छुट्टाछुट्टै ४ समूह खटाइएको ...
: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी छिन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समिति बैठकमा अनलाइन ट्रयाकिङ प्रणालीमार्फत ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी हुन् । उनले गुगल फर्मको प्रयोग गरी उद्योगहरूबाट सिलिन्डर बिक्री ...