मुख्य समाचार
चारित्रिक आचरणसम्बन्धी विवादमा परेका भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले पदबाट राजीनामा दिए
चारित्रिक आचरणसम्बन्धी विवादमा परेका भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले पदबाट राजीनामा दिए

। चारित्रिक आचरणसम्बन्धी विवादमा परेका भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार पदबाट राजीनामा दिएका छन्।

उनले विवादका कारण सरकार र देशको छविमा असर पर्न सक्ने भन्दै नैतिक आधारमा पद त्यागेको बताइएको छ।

एक महिलाले गृहमन्त्री छिरिङविरुद्ध उजुरी दिँदै वैवाहिक अवस्थाबारे आफूलाई गलत जानकारी दिइएको तथा व्यक्तिगत सम्बन्धका क्रममा व्यावसायिक सुविधा र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाएकी थिइन्।

उजुरीसँग निजी म्यासेज तथा तस्बिरहरू समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका थिए।


भुटानी प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै गृहमन्त्री छिरिङले जारी व्यक्तिगत विषयलाई लिएर उच्च नैतिक आधारमा स्वेच्छिक रूपमा राजीनामा दिएका हुन्। सुशासन, जनविश्वास र संस्थागत मर्यादाका उच्च मापदण्ड कायम राख्न आफू पदबाट अलग भएको उनले बताएका छन्।

गृहमन्त्रीको राजीनामासँगै सार्वजनिक पदमा रहेका व्यक्तिको व्यक्तिगत आचरण, सामाजिक सञ्जालमा फैलाइने आरोप तथा त्यस्ता विवादले राज्यको प्रतिष्ठामा पार्ने प्रभावबारे भुटानमा बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न सैन्य कारबाहीमा २१ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले आइतबार जारी गरेको जानकारीअनुसार सेप्टेम्बर ३ देखि ५ सम्म खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र आतंकवादीबीच भएका छुट्टाछुट्टै ...
। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, ...
। चीन-नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ। उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूका अनुसार बाढीका कारण ४३ जनाको मृत्यु पुष्टि भएको र ५१९ जना सम्पर्कविहीन छन्। पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। ...
। खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ । विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना दूत रुस पुगेका छन् । रुस र युक्रेनबीच जारी युद्ध रोक्ने उद्देश्यले हुने वार्ताअघि ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुसनर शनिबार रुस पुगेका हुन् । रुसमा उनीहरूले केही शीर्ष रसियन नेतासँग कुराकानी गरेर त्यसपछि युक्रेनको राजधानी किभ जाने भनिएको छ । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र ...