मुख्य समाचार
सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ३४ जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिए
सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ३४ जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिए

। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यहाँका सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ३४ जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिएको छ ।

प्रशासन कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेदेखि चार वटा टोली परिचालन गरेर १३ वटा सरकारी कार्यालयमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा स्वीकृति नलिई बिदा वा काजमा बसेका, हाजिर गरेर कार्यालयमा उपस्थित नभएका तथा ढिला कार्यालय आउने कर्मचारीको विवरण संकलन गरिएको हो ।

अनुगमन गरिएका कार्यालयमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, जिल्ला समन्वय समिति, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ, पूर्वाधार विकास कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, प्रदेश अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय, भूमि प्रशासन कार्यालय, नापी कार्यालय, एकीकृत सेवा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र डिभिजन वन कार्यालय रहेका छन् ।


अनुगमनका क्रममा स्वीकृति नलिई बिदा वा काजमा बसेका सात जना, हाजिर गरी कार्यालयमा उपस्थित नभएका एक जना र ढिला उपस्थित भएका १२ जना कर्मचारी भेटिएका छन् ।

त्यस्तै, समयपालन पूर्ण रूपमा पालना नगरेका १४ जनाको विवरणसमेत अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यालयमा गरिएको अनुगमनका क्रममा कैफियत देखिएका कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित कार्यालयलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

साथै, कारबाहीको विवरण सात दिनभित्र जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थिति र समयपालनलाई प्रशासनले प्राथमिकतामा राखेको बताए ।

छड्के अनुगमनको उद्देश्य कर्मचारीलाई दु:ख दिने नभई सरकारी सेवा प्रवाहलाई नियमित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी ...
। चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय मंगले बोटे रहेका छन् । मंगलबार बिहान करिब ५ बजेतिर मर्निङ वाकमा निस्किएका बोटेलाई भरतपुर महानगरपालिका–२८ जितपुरमा बाघले आक्रमण गरेको थियो । मर्निङवाकमा निस्किएका बोटे एक्कासी बेपत्ता भएपछि उनको खोजतालस गरिएको थियो । बिहान करिब ८ बजेतिर उक्त स्थानमा बाघ देखिएको भन्ने खबरपाएसँगै प्रहरी, ...
— सुर्खेतको भेरीगंगा नगरपालिका १३ रामघाटमा घरयासी विवादका क्रममा श्रीमतीलाई हत्या प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान्‌लाई नियन्त्रणमा लिएको छ। भेरीगंगा १३ रामघाटकी ५० वर्षीया महेश्वरी रानालाई उनका श्रीमान् ४९ वर्षीय जयबहादुर रानाले बुधबार साँझ घरयासी विवादपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। घाइते ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंका अनुसार ९ वटा काम गरे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एक्लै हुने छैनन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई इंगित गर्दै उनले यस्तो बताएका हुन्। ‘सम्माननीय सभामुख ज्यू, सम्माननीय प्रधानमन्त्री ज्यूको एउटा फेसबुक स्टाटस आएछ । म एक्लै छु,’ उनले भनेका छन्, ...
। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न यसअघि नै माग गरिएको स्मरण गराउँदै सरकारी संयन्त्र मात्र संलग्न आयोगले सरकारका कमजोरी ढाकछोप गर्ने ...