। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि स्थान तय गरेको छ । २९ साउनका लागि घोषणा गरिएको राष्ट्रिय भेलाका लागि इतर समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको हो ।
इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले मिराकल पार्टी प्यालेसमा भेला गर्ने निर्णय भएको जानकारी दिए । राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताए ।
राष्ट्रिय भेला पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने बताइएको छ । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहको दाबी छ ।
कांग्रेस नेता डा. प्रकाशशरण महतकाअनुसार पूर्वप्रधानमन्त्री देउवा बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुनेछन् । उनी थाई एयरबाट स्वदेश फर्किन लागेका हुन् ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।