मुख्य समाचार
सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत
सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत

। सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरू कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत गरेसँगै सचिवहरूले राजीनामा गरेको विवरण सार्वजनिक भएको हो । पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव थिए भने बाबुराम अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।

निजामती किताबखानाको अभिलेख अनुसार, ४ भदौमा अवकाश हुन लागेका सचिव अधिकारीले एक साताअघि राजीनामा दिएका हुन् । अर्का सचिव पोखरेल भने २३ भदौ २०८४ सम्म पदमा बहाल रहन पाउँथे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालमा प्राकृतिक स्रोतको पर्याप्त सम्भावना हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताएकी छन् । बुधबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलका क्रममा सांसद अधिकारीले वन, खानीलगायत प्राकृतिक स्रोतको उपयोगमा देखिएका नीतिगत जटिलता र बहुनिकायको स्वीकृति प्रक्रियाका कारण विकासका काम प्रभावित भइरहेको बताएकी हुन् । उनले नेपालमा ...
। खाना पकाउने एलपी ग्यासको आपूर्ति र विक्री वितरण सहज बनाउन सरकारलाई संसद्ले ध्यानाकर्षण गराएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकले यो विषयमा सरकारको ध्यानाकर्षण गरेको हो । सभाको शून्य समय, विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्याका विषय सांसदहरूले उठाएका थिए । संसद्मा पनि विषय उठेको र जनस्तरबाट समेत व्यापक गूनासो आएको भन्दै ...
। बूढीगण्डकी जलविद्युत् आयोजनालाई अनिश्चित र आफूहरुलाई विचल्ली बनाएको भन्दै स्थानीयले मुआब्जा दिन वा घरजग्गा नै फिर्ता गर्न सरकारसँग माग गरेका छन् । आफूहरूको पुनर्बास तथा पुनर्स्थापना हुने आशामा थोरै मुआब्जा रकम लिएर पनि जग्गा दिइसकेको तर अहिले विचल्ली बनेको डुबानवासीको भनाइ छ । मुआब्जा वितरणका बाँकी काम पूरा गर्नुपर्ने, विभिन्न प्रशासनिक झमेलाका कारण मुआब्जाबाट वञ्चित ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताएका छन् । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उनले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गरी समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताएका हुन् । ‘युवा रोजगारी खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका ...
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी गराए। कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ...