मुख्य समाचार
कोशी प्रदेशको सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ
कोशी प्रदेशको सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ

। कोशी प्रदेशको सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीमा कांग्रेसका मन्त्रीहरूले बुधबार राजीनामा दिने भएका हुन् ।

कांग्रेसका कोशी प्रदेशसभा संसदीय प्रमुख सचेतक गोपाल तामाङका अनुसार आज कांग्रेस सरकारबाट बाहिरिने छ ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट एक राज्यमन्त्रीसहित ५ जना मन्त्रीहरू छन् ।


भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले राजीनामा दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले बरामद गरेका लागुऔषधलाई बुधबार तमोर नदी किनारमा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको रोहवरमा लागुऔषध नष्ट गरेको हो । नष्ट गरिएका लागुऔषधमा ...
। डोल्पामा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूली भेरी नगरपालिका-६ काँडातालीका ४२ वर्षीय मनवीर रोकाया रहेका छन् । ठूली भेरी नगरपालिका-२ लोचा गाउँसम्म सडकको ट्र्याक खोल्ने क्रममा बा.प्र ०१-००१ ग ४२१० नम्बरको एक्स्काभेटर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएको थियो । उनको उपचारको क्रममा ...
। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले लुम्बिनीको सरकार निर्माणका लागि नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन् । मसालका महामन्त्री मोहनविक्रम सिंहसँगको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ । राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले १२ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन थालेका हुन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट ...
। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले निर्वाचन सुरक्षा व्यवस्थापन र आवश्यक सामग्री खरिद प्रक्रियालाई विगतको तुलनामा थप व्यवस्थित, पारदर्शी र मितव्ययी बनाइएको दाबी गरेका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा श्रेष्ठले यस्तो दाबी गरेका हुन् । सचिव श्रेष्ठकाअनुसार निर्वाचन सुरक्षाका लागि तयार गरिएको वर्तमान मापदण्डमा कुनै नयाँ विषय थप नगरी विगतकै अभ्यासलाई निरन्तरता दिइएको छ । सुरक्षा ...