मुख्य समाचार
स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि
स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

। सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो ।

यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन् ।

बोर्डका सुचना अधिकारी विकेश मल्लका अनुसार यसअघि बीमा कार्यक्रमअन्तर्गत १ हजार २८९ प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए । नयाँ सूचीअनुसार १८७ प्रकारका औषधि हटाइएपछि औषधिको संख्या १ हजार १०२ मा झरेको हो ।

मल्लका अनुसार औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधि अलग गर्नु र नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिस भएका औषधिलाई सूचीबाट हटाएको हो ।

आधारभूत स्वास्थ्य सेवाअन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउँदै आएका केही औषधि पनि बीमा कार्यक्रमको सूचीमा समावेश थिए । एउटै औषधि सरकारले निःशुल्क उपलब्ध गराउने र स्वास्थ्य बीमाबाट समेत भुक्तानी हुने अवस्था रहेकाले त्यस्तो दोहोरो व्यवस्था हटाइएको हो ।

‘आधारभूत स्वास्थ्य सेवाबाट सरकारले निःशुल्क दिने केही औषधि पनि बीमा सूचीमा थिए । त्यसलाई बीमाबाट पनि निरन्तरता दिँदा दोहोरोपन हुने भएकाले हटाइएको हो,’ मल्लले भने ।

बोर्डले नयाँ सुविधा थैली ३० असारको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो । स्वीकृत नयाँ व्यवस्था ५ साउनदेखि कार्यान्वयनमा आइसकेको छ ।

औषधिको संख्या घटाइएको भए पनि यसले बीमित नागरिकले पाउने उपचार सुविधामा ठूलो असर नपर्ने बोर्डको दाबी छ ।

‘औषधि घटाउँदैमा बीमित नागरिकलाई उपचारबाट वञ्चित हुँदैन । प्रयोगमा नआएका वा एउटै प्रकृतिमा काम गर्ने औषधिको दोहोरोपन हटाइएको हो । वैकल्पिक औषधिबाट उपचार व्यवस्थापन गर्न सकिने भएकाले सेवाग्राहीलाई प्रत्यक्ष प्रभाव नपर्ने गरी सूची परिमार्जन गरिएको हो,’ मल्लले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा ...
। फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको थियो। सुरुमा सङ्क्रमित भएपछि पछि ...
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...