मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा

। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी गराए।

कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाएका हुन् ।

‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,’ ढकालले भने, ‘टर्कीएका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो ।’


सहसचिव ढकालले परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको जानकारी दिए । यद्यपि, कुन तहबाट सहभागिता हुने भन्नेबारे जानकारी प्राप्त भइनसकेको उनको भनाइ छ ।

‘त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौँ ,’ उनले भने, ‘कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतिक्षामा छौँ ।’

कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्ताल्यामा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् । उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो । क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै उनीहरू काठमाडौं आएका थिए । पक्राउबाट बच्न उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार एरियामा लगेज ...
। जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले बरामद गरेका लागुऔषधलाई बुधबार तमोर नदी किनारमा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको रोहवरमा लागुऔषध नष्ट गरेको हो । नष्ट गरिएका लागुऔषधमा ...
। डोल्पामा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूली भेरी नगरपालिका-६ काँडातालीका ४२ वर्षीय मनवीर रोकाया रहेका छन् । ठूली भेरी नगरपालिका-२ लोचा गाउँसम्म सडकको ट्र्याक खोल्ने क्रममा बा.प्र ०१-००१ ग ४२१० नम्बरको एक्स्काभेटर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएको थियो । उनको उपचारको क्रममा ...
। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले लुम्बिनीको सरकार निर्माणका लागि नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन् । मसालका महामन्त्री मोहनविक्रम सिंहसँगको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ । राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले १२ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन थालेका हुन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट ...