मुख्य समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताए
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताए

। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उनले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गरी समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताएका हुन् ।

‘युवा रोजगारी खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको छ,’ उनले भनेका छन्, ‘नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलताका नवीनतम योजना सञ्चालन गरी युवालाई उत्पादन, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रम प्राथमिकतामा छ ।’

युवाको उद्यमशीलता प्रवर्द्धनका लागि ब्याज अनुदानलगायतका प्रोत्साहनमूलक कार्यक्रमलाई प्रदेश सरकारले अघि बढाएर बजेटमार्फत समेत सम्बोधन गरिएको उनले बताएका छन् ।


राष्ट्र निर्माणका प्रमुख शक्ति र परिवर्तनका संवाहक युवा वर्तमानका हिस्सेदार भएको बताउँदै मुख्यमन्त्री आचार्यले अगाडि भनेका छन्, ‘युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके मात्रै समृद्ध, आत्मनिर्भर र समुन्नत समाज निर्माण गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् । उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो । क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै उनीहरू काठमाडौं आएका थिए । पक्राउबाट बच्न उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार एरियामा लगेज ...
। जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले बरामद गरेका लागुऔषधलाई बुधबार तमोर नदी किनारमा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको रोहवरमा लागुऔषध नष्ट गरेको हो । नष्ट गरिएका लागुऔषधमा ...
। डोल्पामा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूली भेरी नगरपालिका-६ काँडातालीका ४२ वर्षीय मनवीर रोकाया रहेका छन् । ठूली भेरी नगरपालिका-२ लोचा गाउँसम्म सडकको ट्र्याक खोल्ने क्रममा बा.प्र ०१-००१ ग ४२१० नम्बरको एक्स्काभेटर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएको थियो । उनको उपचारको क्रममा ...
। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले लुम्बिनीको सरकार निर्माणका लागि नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन् । मसालका महामन्त्री मोहनविक्रम सिंहसँगको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ । राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले १२ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन थालेका हुन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट ...