मुख्य समाचार
जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट
जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट

। जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले बरामद गरेका लागुऔषधलाई बुधबार तमोर नदी किनारमा नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको रोहवरमा लागुऔषध नष्ट गरेको हो ।

नष्ट गरिएका लागुऔषधमा एक हजार ५२१ केजी गाँजा र ट्रामाडोल, डाइसाइकोमाइन ट्याब्लेट एक हजार ८९७ ट्याब्लेट रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।

यसअघि असार २६ गते पनि धनकुटा प्रहरीले एक हजार दुई किलो ३०५ ग्राम गाँजा र विभिन्न ट्याबलेट नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउनु पर्ने विषय उठेको छ । २४ साउनबाट सानेपामा जारी बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउनु पर्ने विषय राखेका हुन् । तर, विशेष महाधिवेशनबाट संशोधित कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू ...
। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सव अवसर पारेर सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष (आउटलेट) सञ्चालनमा ल्याउने भएको छ । आम उपभोक्तासम्म आफ्ना उत्पादनको सहज पहुँच पुर्‍याउने उद्देश्य सहित कम्पनीले बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको बताएको छ । यस नवनिर्मित बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय ...
। डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता भएको छ । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) मा प्रस्तावक रहेको यो प्रस्तावमा सांसदहरू कमला देवी पन्त, झक्कुप्रसाद सुवेदी, प्रेमप्रसाद दंगाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, खम्मबहादुर खाती र अञ्जान शाक्य समर्थक रहेका छन् । संकल्प प्रस्तावमा सहायक प्रजनन प्रविधिको प्रयोगलाई नियमन गर्ने सम्बन्धी कानुन निर्माण गर्न ...
। विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो । सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो । दुवैजनाको बयान र थुनछेक बहसपछि ...
। थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् । उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो । क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै उनीहरू काठमाडौं आएका थिए । पक्राउबाट बच्न उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार एरियामा लगेज ...