मुख्य समाचार
डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता भएको छ
डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता भएको छ

। डिम्ब तथा शुक्रकीट दान सम्बन्धी संकल्प प्रस्ताव संसद्‍मा दर्ता भएको छ ।

राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) मा प्रस्तावक रहेको यो प्रस्तावमा सांसदहरू कमला देवी पन्त, झक्कुप्रसाद सुवेदी, प्रेमप्रसाद दंगाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, खम्मबहादुर खाती र अञ्जान शाक्य समर्थक रहेका छन् ।

संकल्प प्रस्तावमा सहायक प्रजनन प्रविधिको प्रयोगलाई नियमन गर्ने सम्बन्धी कानुन निर्माण गर्न सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख छ ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७९ को उपनियम (१) बमोजिम दर्ता भएको प्रस्तावमा भनिएको छ, ‘चिकित्सा विज्ञानको विकासले मानव जीवनलाई कतिपय अवस्थामा सुरक्षित, सहज, मर्यादित र ऊर्जावान बनाएको छ भने कतिपय अवस्थामा यसको दुरुपयोगले मानव शोषण र मानव माथि अपराध पनि गरेको छ ।’


पछिल्लो समयमा चिकित्सा विज्ञानको विकाससँगै प्रजनन सम्बन्धी प्रविधिमा पनि निकै विकास भएको छ । सहायक प्रजनन प्रविधिको विकासले निसन्तान दम्पत्तिका लागि वरदानको काम गरेको छ । नेपालमा पनि बाँझोपन एउटा ठूलो समस्याका रुपमा देखा परेकोले सहायक प्रजनन प्रविधिको प्रयोग क्रमश: बढ्दै गएको छ ।

प्रस्तावमा भनिएको छ, ‘सहायक प्रजनन प्रविधिमा डिम्ब तथा शुक्रकीट दान, संकलन, भण्डारण, प्रयोग, आयात, निर्यात हो भने स्वास्थ्य अधिकार, गोपनीयता, दाताको अधिकार, प्राप्तकर्ताको अधिकार तथा दानबाट जन्मिने बालबालिकाको अधिकार आदि यसका सहउत्पादक पक्षहरू हुन ।’

नेपालसँग यी विविध पक्षहरुको नियमन गर्ने प्रष्ट, समग्र र विशेष कानुनी व्यवस्था नहुँदा यसको प्रयोग मानव हित र मानव कल्याणमा भन्दा पनि व्यापारीकरणको उद्देश्यबाट बढी भइरहेको उल्लेख छ ।

प्रस्तावमा अगाडि भनिएको छ, ‘विशेष गरेर अनुचित प्रभावमा पारेर किशोरीहरूको डिम्ब निकाल्ने र उनीहरूको भविष्य अन्धकारमय बनाउने आपराधिक काम भैरहेको छ भने एउटै पुरुषले धेरै पटक शुक्राणु दान गर्दा धेरै परिवार/सन्तान बन्ने र भविष्यमा सामाजिक र आनुवंशिक समस्या आउन सक्ने हुन्छ ।’

यसकारण महिलाको आर्थिक तथा शारीरिक शोषण, मानव प्रजनन सामग्रीको अनियमित र अवैध प्रयोग, स्वास्थ्य जोखिम, गोपनीयताको उल्लंघन तथा चिकित्सकीय नैतिकताको पालना सम्बन्धी गम्भीर चुनौती देखिएको सांसदहरूका भनाइ छ । र भविष्यमा थप चुनौती उत्पन्न हुन सक्ने अवस्था रहेकोले यस कार्यको निगरानी प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरिएको छ ।

यो विषयमा सर्वोच्च अदालतले ३ भदौ २०८२ मा आदेश समेत दिएको थियो ।

सर्वोच्च अदालतको आदेश र संविधानले प्रत्याभूत गरेको स्वास्थ्यको अधिकार, मानव अधिकार, समानता, प्रजनन अधिकार तथा बालअधिकारको प्रभावकारी संरक्षणका लागि डिम्ब तथा शुक्राणु दानलाई सुरक्षित, पारदर्शी, नैतिक तथा उत्तरदायी बनाउन आवश्यक छ ।

सहायक प्रजनन सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको इजाजत, सञ्चालन, अनुगमन तथा उत्तरदायित्व समेत कानुनबाट नियमन हुन आवश्यक रहेको भन्दै सांसदहरूले संकल्प प्रस्ताव लगेका हुन् ।

संकल्प प्रस्ताव प्रस्तुत गर्नुका ६ कारणहरू :

१. नेपालमा डिम्ब तथा शुक्राणु दान, संकलन, परीक्षण, भण्डारण, प्रयोग, आयात, निर्यात र व्यवस्थापन सम्बन्धी छुट्टै, स्पष्ट र समग्र कानुनी व्यवस्था छैन ।

२.दाता, प्राप्तकर्ता र दानबाट जन्मिने बालबालिकाको मानव अधिकार, गोपनीयता, स्वास्थ्य सुरक्षा, हित संरक्षण तथा अभिलेख व्यवस्थापन सम्बन्धी व्यवस्था अति आवश्यक छ ।

३. डिम्ब तथा शुक्राणुको खरिद बिक्री, दलाली, अवैध कारोबार, मानव तस्करी तथा आर्थिक प्रलोभनमार्फत हुने शोषण रोक्नु पर्ने छ ।

४.दाता र प्राप्तकर्ताको स्वास्थ्य परीक्षण, संक्रमण नियन्त्रण, चिकित्सकीय मापदण्ड र सुरक्षित प्रक्रियाका माध्यमबाट स्वास्थ्य सुरक्षाको सुनिश्चितता आवश्यक छ ।

५. कानुनको अभावमा विशेष गरी डिम्बका लागि किशोरीहरूलाई आर्थिक प्रलोभनमा पार्ने, सही सूचना नदिने र झुक्याएर शारीरिक र मानसिक शोषण गर्ने घटना घटेका छन । यस प्रकारको शोषणबाट किशोरीहरूमा शारीरिक र मानसिक समस्या देखिने र भविष्य अन्धकारमय हुने जोखिम रहन्छ । यस प्रकारको शोषण निषेध गर्नु पर्ने छ ।

६. सहायक प्रजनन प्रविधि सेवा प्रदान गर्ने अस्पताल, क्लिनिक तथा प्रयोगशालाको दर्ता, इजाजत, सञ्चालन, नवीकरण, अनुगमन र नियमनकालागि सक्षम नियामक निकायको व्यवस्था तथा अवैध, गैरकानुनी र अमानवीय काम गर्ने व्यक्ति , चिकित्सक वा संस्थामाथि कारबाही, जरिवाना र सजायको स्पष्ट व्यवस्था गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति दिएको छ। न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले म्याद थपको अनुमति दिएको हो। आज श्रेष्ठलाई थुनामुक्तको मागसहित नेपाल बार अध्यक्ष डा. विजय मिश्र, शम्भू थापा, बारका महासचिव केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउत, भक्तिराम घिमिरे, गोपालकृष्ण घिमिरे, डा. प्रेमराज सिलवाल, पुष्प पौडेल, ...
। राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छिन् । सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरेकी हुन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद चन्दले सरकारले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिएको आरोप लगाइन् । सांसद चन्दले स्वास्थ्य बीमाको पछिल्लो ...
। प्रतिनिधिसभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको अर्थसमितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसँगै विभिन्न चार वटा विषयमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका सभापति डा. कृष्णहरि बुढाथोकीकाअनुसार उपसमितिले गरेको स्थलगत अध्ययन तथा अनुगमनबाट प्राप्त सुझावका आधारमा अन्य विषयगत समितिमार्फत निर्देशन दिन लागिएको हो । समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन् । सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनु भएका पूर्व सभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै केन्द्रीय समितिको बैठक सुरु गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी गराए । साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार देउवा नेपाल फर्किएका ...
। सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा परेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तामझामसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवाससम्म पुगेका छन् । आफ्नो समूह निकट नेता र कार्यकर्ताहरूको उल्लेख्य भिडका बीच देउवालाई प्रहरीको कडा सुरक्षा घेरा र स्कर्टिङसहित धुम्बाराहीस्थित निवाससम्म पुर्‍याइएको थियो । पाँच महिना लामो विदेश बसाइपछि आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउवालाई समर्थक तथा नेता–कार्यकर्ताको उल्लेख्य ...