मुख्य समाचार
लेखा समितिको बैठकमा भ्रष्टाचारको उजुरी र छानबिनको प्रक्रियालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरे
लेखा समितिको बैठकमा भ्रष्टाचारको उजुरी र छानबिनको प्रक्रियालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरे

। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा भ्रष्टाचारको उजुरी र छानबिनको प्रक्रियालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरेका छन् ।

सुनारले भ्रष्टाचारको विषयमा उठाइएका प्रश्नको अपमान भएको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

समिति सभापति भरतबहादुर खड्काले संसदीय मर्यादा कायम राख्न आग्रह गरे । बैठकमा सुनारले समितिमा परेका उजुरीहरूको वैधानिकतामाथि प्रश्न उठाएर आरोपितहरूको पक्षपोषण गरिएको भन्दै आपत्ति जनाए ।

उनले भ्रष्टाचार जस्तो जघन्य अपराधको विषयमा छलफल भइरहँदा सांसदहरू नै आरोपितको प्रवक्ता बनेर प्रस्तुत भएको आरोप लगाए ।


उनले भने, ‘पीडितले आफ्नो नाम गोप्य राख्न आग्रह गर्दै बेनामी उजुरी दिएका छन् । तर यहाँ आरोपितहरूको संरक्षण गर्ने र प्रश्न उठाउने सांसदमाथि नै खनिने काम भइरहेको छ । जुनसुकै व्यक्तिमाथि भ्रष्टाचारको आरोप लागेपछि छानबिन नसकिँदासम्म सम्बन्धित व्यक्ति पदमा बहाल रहनु हुँदैन । यदि यहाँ भ्रष्टाचारको विरुद्ध बोल्दा अपमानित हुनुपर्छ र कुरा गुमराहमा राख्न खोजिन्छ भने म यो समितिमा बस्दिनँ ।’

उनले आफू पिछडिएको वर्ग, दलित र तल्लो तहका सुरक्षाकर्मी (म्यादी प्रहरी) को पक्षमा उभिएको बताउँदै समितिको गरिमा घटाउने गरी छलफल अगाडि बढेको भन्दै बैठक कक्षबाट बाहिरिए ।

सांसद सुनार बैठकबाट बाहिरिएपछि नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय समितिमा सबै सदस्यहरूको हैसियत बराबर हुने र कसैले पनि आरोपित गरेर भाग्न नपाउने बताए ।

समिति सभापतिले बैठकलाई सम्बोधन गर्दै समितिको काम कारबाहीलाई मर्यादित बनाउन दुई पटक रुलिङ गरिसकेको स्मरण गराए ।

सभापति खड्काले भने, ‘समितिमा बोलाइएका नेपाल सरकारका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) लगायतका पदाधिकारीहरूलाई मर्यादित व्यवहार गरिनुपर्छ । कानूनी रूपमा प्रमाणित नभएसम्म कसैलाई पनि दोषी करार गर्न मिल्दैन । यो प्राकृतिक न्यायको सिद्धान्त र नेपालको संविधानको मर्म विपरीत हुन्छ । हामीले राज्य संयन्त्रलाई निरुत्साहित होइन, प्रोत्साहित गर्नुपर्छ । कुनै पनि विषयमा प्रक्रियागत र कानुनी रूपमा समितिको क्षेत्राधिकारभित्र रहेर मात्र हामी अनुसन्धान गर्छौँ । व्यक्तिगत अपमान गर्नु सभ्य समाजको परिचय होइन ।’

उनले समितिलाई ’मिनी पार्लियामेन्ट’ को रूपमा परिभाषित गर्दै सबै सदस्यहरूलाई आफ्नो मर्यादा आफैँ राख्न र शिष्ट व्यवहार प्रदर्शन गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्। विदेश भ्रमणको तयारीका लागि उनले ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई १२ वर्षसम्म मृत घोषणा गर्न नसकिने मौजुदा कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको हकमा मौजुदा कानुन व्यावहारिक नभएको बताएका हुन्। मुलुकी देवानी संहितामा रहेको बेपत्तासम्बन्धी प्रावधानका ...
। गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङका बाढी पीडितका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ। गृहमन्त्री सुधन गुरुङको गृह पालिकाको नाम्रुङमा आइतबार बिहान बाढी आएको थियो। नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी आएको हो। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर, उर्गेन चेतन होटल र नुर्वु वाङ्गल होटल ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् र भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। विशेषगरी जलविद्युत आयोजना र सुरुङ निर्माणका क्रममा विपद् व्यवस्थापनको पाटोलाई अब बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता ...
। श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले पार्टी अध्यक्ष हर्कराज राई(साम्पाङ)को विचार अमर भइसकेको टिप्पणी गरेका छन् । आइतबार श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हर्क साम्पाङले त आफ्नो इतिहास बनाइसक्नुभयो,’ सांसद राईले भने, ‘आजै हर्क साम्पाङ मरे पनि त्यो श्रम संस्कृति पार्कहरू मर्ने छैन । त्यो धरानको ...