मुख्य समाचार
कंगोमा फैलिएको इबोला भाइरस हालसम्मकै घातक बन्न सक्ने डब्ल्यूएचओको चेतावनी
कंगोमा फैलिएको इबोला भाइरस हालसम्मकै घातक बन्न सक्ने डब्ल्यूएचओको चेतावनी

: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोलाको वर्तमान प्रकोप यही गतिमा अघि बढेमा हालसम्मकै सबैभन्दा घातक बन्न सक्ने चेतावनी दिएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै टेड्रोसले सन् २०२६ को यो प्रकोपले सन् २०१४ देखि २०१६ सम्मको इबोला महामारीलाई पनि पछि पार्न सक्ने बताए। सो अवधिमा कम्तीमा ११ हजार मानिसको मृत्यु भएको थियो।

यस वर्षको इबोला प्रकोपको आधिकारिक घोषणा मे १५ मा गरिएको थियो। हालसम्म कम्तीमा ४,३०० जनामा संक्रमण पुष्टि भइसकेको छ भने २,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।




डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार आगामी तीन महिनाभित्र भाइरसको फैलावटलाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। तथापि, तीन महिनाभित्र यस रोगलाई पूर्ण रूपमा उन्मूलन गर्ने भन्ने अर्थ नरहेको डब्ल्यूएचओले स्पष्ट पारेको छ। हालको मुख्य लक्ष्य संक्रमणको फैलावट रोक्नु र यसको गति सुस्त बनाउनु मात्र हो।

स्वास्थ्य अधिकारीहरूका अनुसार मे महिनामा आधिकारिक घोषणा हुनुभन्दा कम्तीमा तीन महिनाअघि नै इबोलाको प्रकोप सुरु भइसकेको थियो।

डब्ल्यूएचओ अफ्रिकाका निर्देशक डा. मोहम्मद जनाबीले बूनिया शहरमा आयोजित पत्रकार सम्मेलनमा भने, 'हामी भाइरसको पछिपछि छौँ, तर भाइरस हामीभन्दा अगाडि छ।'

उनका अनुसार अनुसन्धानले यो भाइरस फेब्रुअरीदेखि नै फैलिन थालेको देखाएको छ। शुरुवातमा धेरै बिरामीमा इबोला पहिचान हुन सकेन र उनीहरूको लक्षणलाई मलेरिया वा टाइफाइड मानिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...