मुख्य समाचार
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउसँगै कार्यालयमा प्रहरीको छापा, पत्रकार महासंघ र दलका नेताको विरोध
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउसँगै कार्यालयमा प्रहरीको छापा, पत्रकार महासंघ र दलका नेताको विरोध

: ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघले विरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक लोककृष्ण दाहालका अनुसार जनआस्था डटकममा प्रकाशित एक समाचार सामग्रीमा दिपिका सिंहले दिएको ‘वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५’ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई मंगलबार पक्राउ गरिएको हो।

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं लगेपछि प्रहरीले उनको निवास र कार्यालयमा छापा मारेको छ। समाचारको विषयलाई कानुनी प्रक्रिया मिचेर भएको राज्यको कदमविरुद्ध पत्रकार आन्दोलित बनेका छन्। श्रेष्ठलाई पक्राउ गरे लगत्तै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासहितका पत्रकार तथा सञ्चारकर्मी काठमाडौँ प्रहरी परिसर टेकु पुगेर राति नै धर्ना दिएका थिए।

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आज एक विज्ञप्ति जारी गरी वरिष्ठ पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज साउन २८ गते बिहान ९ बजे भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा धर्ना दिने कार्यक्रम तय गरेको जानकारी दिए।


समाचारप्रति असहमति वा चित्त नबुझेमा प्रेस काउन्सिल नेपाल वा स्थापित कानुनी विधि र प्रक्रियाबाट समाधान खोज्नुको सट्टा सिधै पत्रकारलाई धरपकड गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको पत्रकारसम्बद्ध संघ संस्थाको नेताको ठहर छ।

महासंघकी अध्यक्ष शर्माले पत्रकारमाथि धरपकड गरेर कानुनी राजको धज्जी उडाएको बताइन्। उनले भनिन्,‘पत्रकार किशोरलाई प्रहरीले पक्राउ गरेपछि हिजो रातिदेखि नै उनले सूचना प्राप्त गर्ने स्रोत पहिचान गर्नका लागि प्रयोग गर्दै आएका सूचना सामाग्रीहरू ल्यापटप,कम्प्यूटर, मोबाइल र इमेलसम्म राज्यले अनधिकृत रुपमा पहुँच प्राप्त गर्न उनको घरबाट यी सामाग्री जफत गरिएको छ। यो असंवैधानिक र गैर कानुनी कदम हो यसको जति भर्त्सना गरेपनि पुग्दैन। समाचारको विषय प्रेस काउन्सिलमार्फत कानुनी बाटो लिनुपर्ने र चित्त नबुझे अदालत जाने बाटो सधैं खुला छ तर राज्य पत्रकारमाथि धरपकड गरेर पक्राउ गर्नतिर लागेको छ यसले कानुनी राजको धज्जी उडाएको छ।’

श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार तथा सम्पादक किशोर श्रेष्ठलाई गिरफ्तार गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले समाचार लेखेकै आधारमा राज्य संयन्त्रद्वारा नियन्त्रणमा लिइनु लोकतन्त्रको उपहास भएको बताए।

पूर्वप्रधानमन्त्री प्रचण्डले भने,‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो। उहाँलाई तत्काल रिहाइको माग गर्दछु।’

प्रेस स्वतन्त्रताविरोधी कदम : महासचिव पोखरेल

यसैगरी एमाले महाचिव शंकर पोखरेलले समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु पूर्ण रूपमा गैरकानुनी र प्रेस स्वतन्त्रताविरोधी कदम भएको बताएका छन्। उनले श्रेष्ठमाथिको गैरन्यायिक र प्रतिशोधपूर्ण गिरफ्तारीको कडा विरोध गरे।

‘कहिलेकाहीँ समाचारका स्रोत वा विषयवस्तुमा असहमति हुन सक्छ; त्यसका लागि खण्डन गर्ने, प्रेस काउन्सिल जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहन्छ। तर, समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु पूर्ण रूपमा गैरकानुनी र प्रेस स्वतन्त्रताविरोधी कदम हो।’महासचिव पोखरेलले भने,‘किशोर श्रेष्ठजी आफ्नो निडर र साहसिक पत्रकारिताका लागि चिनिनुहुन्छ। यस्ता अग्रज पत्रकारहरूको आवाज दबाइयो भने धेरै सत्य र रहस्यहरू सधैँका लागि हराउने जोखिम रहन्छ। किशोर श्रेष्ठमाथिको गैरन्यायिक र प्रतिशोधपूर्ण गिरफ्तारीको कडा विरोध गर्दछु। उहाँलाई अविलम्ब रिहा गरियोस्!’

सोमबार समाचार पत्रिका जनआस्था साप्ताहिकमा सिंह र सप्तरीका सांसद अमरकान्त चौधरीलाई जोडेर एउटा 'चुम्बन'को तस्बिर सार्वजनिक भएको थियो। जनआस्थाले दिपिका सिंहले आफ्नै सामाजिक सञ्जालमा उक्त तस्बिर शेयर गरेको दाबी गरेको छ। तस्बिर सार्वजनिक भएपछि भने सिंहले आफ्नो तस्बिरलाई चौधरीसँग गलत तरिकाले जोडेर फैलाइएको दाबी गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले किसान तथा पशुपालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को बिष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीले जानकारी दिए ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। धरान उपमहानगरपालिकाले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले धरान उपमहानगरपालिकाको १९औँ नगर सभामा बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका विवादलाई सामान्यीकरण गरेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नगर सभामा पेस गरेको बताए । उनले बजेटमार्फत ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलक्षित गर्दै फेरि अभिव्यक्ति दिएका छन् । बिहीबार राति फेसबुकमा सांसद सुनारले राखेको स्टाटसमा बर्दी र फुली देखाएर धम्काउँदैमा हिजोका मुद्दा नसकिने टिप्पणी गरिएको छ । ‘एक हजार अर्ब भन्दा धेरै राज्यमा बेरुजु छ । भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति–कति,’ उनले लेखेका छन्, ‘राज्यको ...