मुख्य समाचार
यमनको लाल सागर युद्धभूमि बन्दा मछुवाहरूको ज्यान जोखिममा
यमनको लाल सागर युद्धभूमि बन्दा मछुवाहरूको ज्यान जोखिममा

: मजहर त्यही समुद्रमा काम गर्छन्, जुन लामो समयदेखि यमनको द्वन्द्वको मुख्य थलो बनेको छ । यमनको लाल सागर तटमा रहेको अल–मखा (मोखा) सहरका मछुवा मजहरले सन् २०१५ मा यस क्षेत्रमा युद्ध सुरु भएदेखि जीविकोपार्जन गर्न निकै संघर्ष गर्दै आएका छन् । इन्धन महँगो छ, डुंगा भाडामा लिन पनि उत्तिकै खर्च हुन्छ । तर ४० वर्षको उमेर आसपासका मजहरका लागि सबैभन्दा ठूलो समस्या अर्कै छ-समुद्रमा गएपछि उनी घर फर्किन्छन् कि फर्किदैनन् भन्ने कुनै निश्चितता छैन । उनको परिवार पूर्णरूपमा माछा मारेर हुने आम्दानीमा निर्भर छ ।

‘हालै अल–खौखाहमा एउटा माछा मार्ने डुंगामाथि गोली चलाइयो र हामीले दुई जना सहकर्मी गुमायौँ’, मजहरले भने । ‘किन गोली चलाइयो भन्ने कसैलाई थाहा छैन । अधिकारीहरूले पनि घटनाको कारण सार्वजनिक गरेका छैनन् ।’ समुद्र युद्धभूमि बनेपछि किनाराबाट टाढा जानु निकै जोखिमपूर्ण बनेको छ । मजहरलाई त्यस्ता मछुवाहरूको पनि जानकारी छ, जो समुद्रमा गएपछि कुनै पत्तो नलाग्ने गरी बेपत्ता भएका छन् । तर घरमा खानेकुरा सकिएपछि उनी पनि जोखिम मोलेर समुद्रमा जान बाध्य हुन्छन् ।

लाल सागरमा कडा प्रतिबन्ध

यमनको लाल सागर तट देशको माछा उद्योगको प्रमुख केन्द्रमध्ये एक हो । युद्धअघि तेलपछि माछा उद्योग यमनको दोस्रो ठूलो निर्यात आम्दानीको स्रोत थियो । युद्ध सुरु भएको शुरुआती वर्षदेखि नै लाल सागरको माछा उद्योग प्रभावित हुँदै आएको छ । सन् २०१८ को एक अध्ययनअनुसार यस क्षेत्रबाट हुने माछाको निर्यात करिब ७० प्रतिशतले घटेको थियो ।
यो क्षेत्र अन्य कारणले पनि रणनीतिक रूपमा महत्वपूर्ण छ । यमनको प्रमुख बन्दरगाह होदेइदाह अल–मखाबाट करिब १६० किलोमिटर टाढा छ । त्यस्तै, दक्षिणी प्रवेशद्वारमा रहेको बाब अल–मन्देब जलडमरूमध्य विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एकमा प्रवेश नियन्त्रण गर्ने स्थान हो । त्यसैले युद्ध सुरु भएदेखि नै यो तटीय क्षेत्र तीव्र द्वन्द्वको केन्द्रमा रहँदै आएको छ ।

हाल हुथी विद्रोहीहरूले साउदी अरबको सीमादेखि होदेइदाहसम्मको अधिकांश भूभाग नियन्त्रण गर्छन् । होदेइदाहको दक्षिणतर्फ सरकार समर्थक सेनाहरू, विशेषगरी ‘गार्डियन्स अफ द रिपब्लिक’ बलहरू सक्रिय छन् । पछिल्ला वर्षमा अग्रपंक्तिको अवस्था केही शान्त भए पनि हुथीहरूले देशका विभिन्न स्थानमा सरकार समर्थक सेनामाथि गरेका पछिल्ला आक्रमणमा अल–मखा क्षेत्र पनि निशानामा परेको छ ।

तर अन्तर्राष्ट्रिय रूपमा सबैभन्दा बढी ध्यान लाल सागरको समुद्री क्षेत्रमा भएका घटनाले तानेको छ । गाजामा इजरायलको युद्ध सुरु भएपछि अक्टोबर २०२३ देखि हुथीहरूले यस क्षेत्रमा आवतजावत गर्ने व्यावसायिक जहाजमाथि नियमित रूपमा आक्रमण गर्न थाले । पछिल्लो समय उनीहरूले साउदी जहाजलाई समेत निशाना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...