मुख्य समाचार
कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको भूकम्पपछि ३६ घण्टासम्म भग्नावशेषमा फसेकी ३२ वर्षीया महिलाको जीवितै उद्धार
कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको भूकम्पपछि ३६ घण्टासम्म भग्नावशेषमा फसेकी ३२ वर्षीया महिलाको जीवितै उद्धार

: पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको भूकम्पपछि ३६ घण्टासम्म भग्नावशेषमा फसेकी ३२ वर्षीया महिलाको जीवितै उद्धार गरिएको छ।

पेरेइरा सहरमा भत्किएको भवनको भग्नावशेषमा फसेकी डेनिएला लार्गोलाई करिब १० घण्टासम्म चलेको उद्धार अभियानपछि जीवितै बाहिर निकालिएको हो।

उद्धारकर्मीहरूले चारवटा भारी कंक्रिट स्ल्याबमुनि पुरिएकी लार्गोसम्म पुग्न सुरुङ खनेका थिए। त्यसपछि उनलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

आधिकारिक तथ्यांकअनुसार पश्चिमी कोलम्बियामा गएको भूकम्पमा कम्तीमा १८८ जनाको मृत्यु भएको छ भने सयौँ मानिस अझै बेपत्ता छन्। कोलम्बियाको प्रमुख कफी उत्पादक क्षेत्रमा पर्ने पेरेइरा सहरमा मात्रै ७९ जनाको मृत्यु पुष्टि भएको छ।

लार्गोकी आमाले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार एक स्थानीय बासिन्दाले भग्नावशेषमुनिबाट उनकी छोरीले सहयोगका लागि गुहार मागिरहेको आवाज सुनेका थिए। आपत्कालीन उद्धार टोली घटनास्थलमा पुगेपछि सानो क्यामेराको सहायताले लार्गोको अवस्थाबारे पत्ता लगाइएको थियो।

तर, उनलाई बाहिर निकाल्न निकै कठिन भएको थियो। उद्धारको बाटोमा चारवटा भारी कंक्रिटका स्ल्याब रहेका कारण उद्धारकर्मीहरूले निकै सावधानीपूर्वक काम गर्नुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चीनका राजदूतसँग भेटवार्ता गरे लगत्तै इरानका नयाँ सुरक्षा प्रमुखले अमेरिकासँग करिब ६ महिनादेखि जारी युद्ध नरोकिने बताएका छन् । इरानको सन्देश स्पष्ट रहेको भन्दै मोहसेन रेजाइले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा नगरेसम्म र लेबनान तथा गाजासहित क्षेत्रव्यापी युद्धविराममा सहमत नभएसम्म होर्मुज जलडमरू ...
: हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) मा एक व्यापारिक जहाजमाथि आक्रमण गरेका छन्। उक्त आक्रमणमा परी तीन जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ। पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक पोस्ट गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गरेका छन्। उनका अनुसार आक्रमणमा तीन जना पाकिस्तानी नागरिकको ज्यान जानुका साथै एक जना ...
: मजहर त्यही समुद्रमा काम गर्छन्, जुन लामो समयदेखि यमनको द्वन्द्वको मुख्य थलो बनेको छ । यमनको लाल सागर तटमा रहेको अल–मखा (मोखा) सहरका मछुवा मजहरले सन् २०१५ मा यस क्षेत्रमा युद्ध सुरु भएदेखि जीविकोपार्जन गर्न निकै संघर्ष गर्दै आएका छन् । इन्धन महँगो छ, डुंगा भाडामा लिन पनि उत्तिकै खर्च हुन्छ । तर ४० ...
: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोलाको वर्तमान प्रकोप यही गतिमा अघि बढेमा हालसम्मकै सबैभन्दा घातक बन्न सक्ने चेतावनी दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै टेड्रोसले सन् २०२६ को यो प्रकोपले सन् २०१४ देखि २०१६ सम्मको इबोला महामारीलाई पनि पछि पार्न सक्ने बताए। सो अवधिमा कम्तीमा ११ ...
: पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएपछि उद्धार टोलीहरू भग्नावशेषमा फसेका मानिसको खोजी र शव निकाल्न दिनरात खटिएका छन् । सरकारी तथ्यांकअनुसार शक्तिशाली भूकम्पका कारण देशभर कम्तीमा २५४ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश पेरेइरा र काली सहरका छन् । कालीका २२ वर्षीय पत्रकारिता विद्यार्थी लुइस साएन्जले भने, ‘मेरो लागि भूकम्प कहिल्यै अन्त्य नहुने जस्तो ...