मुख्य समाचार
राजीनामासँगै कोशी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस
राजीनामासँगै कोशी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस

: कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री कार्यालय बिराटनगरमा कांग्रेसका सबै मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएका हुन् ।

झण्डै दुई बर्षपछि कांग्रेस सरकारबाट बाहिरिएसँगै अब कोशी प्रदेश सरकारको प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहने छ । प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको नेपाल कम्युनिष्ट पार्टी र सत्तामा रहेको नेकपा एमालेबीच केन्द्रिय नेतृत्वमा प्रदेश सरकारको समीकरण गर्ने बिषयमा समझदार भएसँगै कांग्रेस बुधबार औपचारिक रुपमा सरकारबाट बाहिरिएको हो ।

सरकारबाट बाहिरिनु अघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको मन्त्रिपरिषद्को बैठक उनीहरु सहभागी रहेका थिए । त्यसक्रममा मुख्यमन्त्री कार्कीले अहिलेसम्मको सहकार्यका लागि धन्यवाद व्यक्त गरेका थिए । प्रदेश सरकारको समीकरणका लागि एमाले र नेकपाबीच समझदारी भएसँगै नेपाली कांग्रेस संसदीय दलले सरकारबाट बाहिरिन आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको काग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।

कोशी प्रदेश सरकारमा कांग्रेसबाट चार मन्त्री र एक राज्यमन्त्री रहेका थिए । कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री शोभा चेम्जोङ रहेका थिए ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार २०८१ भदौ २८ गते कोशी सरकारमा कांग्रेस सहभागी भएको थियो । त्यसपछि दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा २०८२ पुस २२ गते उनीहरू मन्त्री नियुक्त भएका थिए । केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धन गर्न साउन दोस्रो हप्तामा तीन बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ । वनभोज कार्यक्रममा हात्तीलाई मन पर्ने परिकार र फलफूलहरू सामुहिक रूपमा खुवाइएको थियो । उक्त अवसरमा हात्तीहरूलाई भेली चामलको खिर, पाउरोटी, उखु, गाजर, ड्राईगन फ्रुट, केरा, फर्सी, खरभुजा लगायतको परिकार खान दिइएको थियो । वनभोजमा सरकारी र निजी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम भइरहेको ...
: युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू र युवा तथा ...
: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको छड्के अनुगमनमा ३४ जना कर्मचारी कानुनी कारवाहीमा परेका छन्। अनुगमनका क्रममा ८ जना कर्मचारी कार्यालयमा अनुपस्थित थिए भने १२ जना ढिलोगरी कार्यालय आएका र १४ जनाले ड्रेसकोडको पूर्ण पालना नगरेको भेटिएका हुन्। जिल्ला सदरमुकामस्थित विभिन्न १३ वटा सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनका लागि छुट्टाछुट्टै ४ समूह खटाइएको ...
: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी छिन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समिति बैठकमा अनलाइन ट्रयाकिङ प्रणालीमार्फत ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी हुन् । उनले गुगल फर्मको प्रयोग गरी उद्योगहरूबाट सिलिन्डर बिक्री ...