मुख्य समाचार
चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ
चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ

: चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ । वनभोज कार्यक्रममा हात्तीलाई मन पर्ने परिकार र फलफूलहरू सामुहिक रूपमा खुवाइएको थियो । उक्त अवसरमा हात्तीहरूलाई भेली चामलको खिर, पाउरोटी, उखु, गाजर, ड्राईगन फ्रुट, केरा, फर्सी, खरभुजा लगायतको परिकार खान दिइएको थियो ।

वनभोजमा सरकारी र निजी गरी ६० वटा हात्तीहरू सहभागी रहेका थिए । सधै जंगल गस्ती र पर्यटकलाई जगल सफारी गराउन व्यस्त रहने हात्तीहरू वनभोजमा रमाएका थिए । हात्ती दिवस तथा वनभोज कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुर्जा पुनले हात्ती कल्याणको लागि चितवन राष्ट्रिय निकुञ्जले काम गर्दै आएको बताए ।

उनले हात्तीको उचित व्यवस्थापन र कल्याणको लागि कसरी काम गर्न सकिन्छ भनेर लागि परेको बताए । त्यस्तै युनाईटेट हात्ती सहकारी ससथाका अध्यक्ष दिपेन्द्र खतिवडाले पर्यटन व्यवसायको रूपमा हात्ती रहेकाले हात्ती बिनाका पर्यटन अपुरो हुने बताए । उनले पर्यटन व्यवसायीले नै हात्तीको संरक्षण गर्दै आएको बताए ।

युनाईटेड हात्ती सहकारी संस्थाको आयोजनामा बिभिन्न सामुदायिक वनहरूको सहयोगमा हात्ती दिवस तथा हात्तीलाई वाभोज कार्यक्रमको आयोजना हुँदै आएको छ । यस वर्ष विश्व हात्ती दिवसको मुख्य सन्देश ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ रहेको छ । नेपालमा करिब २५० देखि ४०० वटा वन्य हात्ती रहेको अनुमान छ भने करिब २०० वटा घरपालुवा हात्ती रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम भइरहेको ...
: युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू र युवा तथा ...
: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको छड्के अनुगमनमा ३४ जना कर्मचारी कानुनी कारवाहीमा परेका छन्। अनुगमनका क्रममा ८ जना कर्मचारी कार्यालयमा अनुपस्थित थिए भने १२ जना ढिलोगरी कार्यालय आएका र १४ जनाले ड्रेसकोडको पूर्ण पालना नगरेको भेटिएका हुन्। जिल्ला सदरमुकामस्थित विभिन्न १३ वटा सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनका लागि छुट्टाछुट्टै ४ समूह खटाइएको ...
: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी छिन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समिति बैठकमा अनलाइन ट्रयाकिङ प्रणालीमार्फत ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी हुन् । उनले गुगल फर्मको प्रयोग गरी उद्योगहरूबाट सिलिन्डर बिक्री ...
: कपिलवस्तुबाट वनबाट ६ थान भरुवा बन्दुक बरामद भएको छ। वाणगंगा नगरपालिका–९ जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनमा खोजतलास गर्ने क्रममा जंगलको बीचमा रहेको जामुनको रुखको फेदमा बेवारिसे अवस्थामा राखिएका ६ नाल भरुवा बन्दुक फेला पारेको हो। बरामद ...