मुख्य समाचार
इरानका नयाँ सुरक्षा प्रमुखले अमेरिकासँग करिब ६ महिनादेखि जारी युद्ध नरोकिने बताए
इरानका नयाँ सुरक्षा प्रमुखले अमेरिकासँग करिब ६ महिनादेखि जारी युद्ध नरोकिने बताए

: चीनका राजदूतसँग भेटवार्ता गरे लगत्तै इरानका नयाँ सुरक्षा प्रमुखले अमेरिकासँग करिब ६ महिनादेखि जारी युद्ध नरोकिने बताएका छन् ।
इरानको सन्देश स्पष्ट रहेको भन्दै मोहसेन रेजाइले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा नगरेसम्म र लेबनान तथा गाजासहित क्षेत्रव्यापी युद्धविराममा सहमत नभएसम्म होर्मुज जलडमरू खुल्ने छैन ।’

उनले थपेका छन्, ‘सबै शर्त पूरा नभएसम्म जलडमरू बन्द नै रहने छ ।’ रेजाइ इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सका पूर्व युद्धकालीन कमान्डर–इन–चीफ पनि हुन् । उनको यो कडा अभिव्यक्ति उनका पूर्ववर्ती मोहम्मद बाघेर जोल्घाद्र तथा हालै नियुक्त गरिएका अन्य सैन्य कमान्डरहरूले अघि सारेका शर्तसँग मेल खान्छ । इरानी अधिकारीहरूले अमेरिकासँगको इजरायल–इरान युद्धमा आफ्ना प्रतिद्वन्द्वीविरुद्ध निरन्तर प्रतिरोध गर्न आफूहरू इच्छुक र सक्षम रहेको बताउँदै आएका छन् ।

चीनसँग सम्बन्ध थप मजबुत बनाउने प्रयास
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव बनेपछि पहिलो पटक रेजाइले मंगलबार तेहरानका लागि चिनियाँ दूत कङ पेइवुको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग भेट गरे । सरकारी सञ्चारमाध्यमका अनुसार रेजाइले चीनसँग अझ नजिकको सम्बन्ध बनाउनु पर्नेमा जोड दिए । उनले संयुक्त राष्ट्रसंघमा इरानलाई लक्षित गर्दै अमेरिकाको समर्थनमा ल्याइएका प्रस्तावमा चीनले साथ नदिएको भन्दै प्रशंसा पनि गरे ।

उनले होर्मुज जलडमरूबारे ओमानसँग हुन सक्ने कुनै पनि सम्भावित सम्झौता वासिङ्टनसँगको वार्ताभन्दा अलग विषय भएको बताए । तर तेहरानले गत साता ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र उच्च तहबाट अनुमोदन हुन बाँकी रहेको बताए पनि त्यसको तत्काल कार्यान्वयन हुने संकेत देखिएको छैन । होर्मुज जलडमरू, लाल सागर र बाब अल–मन्देब जलडमरू क्षेत्रमा सैन्य गतिविधि अझै जारी छ ।

आइतबार राति ओमानको तट नजिकै एउटा व्यापारिक जहाजमा प्रक्षेप्यास्त्र वा अन्य हतियार प्रहार भएको देखिएको थियो । यही समयमा रेजाइलाई सुरक्षा परिषद्को सचिव नियुक्त गरिएको घोषणा गरिएको थियो । यमनमा इरानसँग निकट सम्बन्ध राख्ने हुथीहरूले मंगलबार पछिल्लो समयकै सबैभन्दा घातक समुद्री आक्रमण गरेका थिए । लाल सागरमा इजिप्टको स्वामित्वमा रहेको एउटा जहाजमाथि भएको आक्रमणमा ६ जनाको मृत्यु भएको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले जनाएको छ ।

अमेरिकी सेनाद्वारा अर्को जहाजमाथि आक्रमण
अमेरिकी सेनाले मंगलबार राति भएको आक्रमणबारे जानकारी दिँदै इरानका दक्षिणी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी कार्यान्वयन गर्ने क्रममा अमेरिकी नौसेनाको हेलिकप्टरले पानामा झन्डा बोकेको एउटा जहाजमाथि दुईवटा ‘हेलफायर’ मिसाइल प्रहार गरेको जनाएको छ । अमेरिकी सेनाले अप्रिलयता आक्रमण गरेको यो १२ औं जहाज र करिब एक महिनाअघि नाकाबन्दी पुनः सुरु भएयता तेस्रो जहाज भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...