। नेपाली कांग्रेसले युवालाई सक्षम र क्षमतावान बनाउन ‘बीउ’ अभियानको घोषणा गरेको छ ।
कांग्रेस सभापति गगन थापाले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर केन्द्रीय समिति बैठककाट उक्त अभियानको घोषणा गरेका हुन् । बिल्ड, इनक्युवेट र अपलिफ्ट शब्द संयोजन गरेर बीआईयू (बीउ) अभियान बनाइएको छ ।
यो अभियानले युवालाई सीपसँग, सीपलाई अवसरसँग, अवसरलाई उद्यमसँग र उद्यमलाई आत्मनिर्भरतासँग जोड्ने कांग्रेसले जनाएको छ । देश भरिका युवालाई विउवाट विरूवा र विरूवावाट रूख जस्तो दिगो उद्यमी वनाउने लक्ष्य अभियान मार्फत राखिएको छ ।
‘हरेक युवाभित्र सम्भावनाको एउटा बीउ हुन्छ । कसैभित्र उद्यमी बन्ने क्षमता छ, कसैभित्र प्रविधिको ज्ञान छ, कसैभित्र सिर्जनशीलता छ भने कसैभित्र नेतृत्व गर्ने क्षमता छ,’ अभियानबारे कांग्रेसले भनेको छ । अभियानले युवाको सम्भावनालाई अवसरसँग जोड्ने कांग्रेसको लक्ष्य छ । यस अभियान ललितपुर जिल्लामा गरिने भएको छ । ‘हिमाल पहाड र तराई–मधेसका एकएक जिल्लामा शुरू गरिनेछ र त्यसलाई हामी बिरूवा भन्ने छौ। त्यसपछि देशै भरि रूख जस्तो दिगो हुने गरि अभियान चालिनेछ,’ कांग्रेसले गरेको निर्णयमा भनिएको छ ।
कुनै पनि युवाले ‘मसँग सपना त छ, तर अवसर छैन’ भन्नुपर्ने अवस्था नआओस् भन्नका लागि अभियान सुरु गरिएको कांग्रेसले जनाएको छ । ‘हामी युवाको सपना सुन्नेछौँ । युवाको सम्भावना पहिचान गर्नेछौँ । उनीहरूलाई अवसरसँग जोड्नेछौँ र आफ्नै भविष्य निर्माण गर्न सक्षम बनाउनेछौँ, निर्णयमा भनिएको छ