मुख्य समाचार
मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरी मन्त्रालय घटाउने तयारी
मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरी मन्त्रालय घटाउने तयारी

। मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरी मन्त्रालय घटाउने तयारी भइरहेको छ । मधेश सरकारमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ वटा मन्त्रालय छन् । अब घटाएर ९ वटा कायम गर्ने सरकारको तयारी छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई र नेकपा एमालेका एक गरी तीन मन्त्रीलाई हटाउने गरी मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य भइरहेको स्रोत बतायो ।
दुई दिनभित्रै सत्ता गठबन्धन दलका नेता बसेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने र ९ वटा मन्त्रालय कायम गर्ने कामलाई मूर्तरूप दिने तयारी भइरहेको एक मन्त्रीले बताए ।

‘धेरै काम भइसकेको छ । अब ९ वटा मन्त्रालय कायम गर्ने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्ता गठबन्धन दलका नेताको बैठक बसेर सहमति गरी सरकार अगाडि बढ्छ । अबको २/३ दिनभित्रै सरकार पुनर्गठनको सम्भावना छ,’ ती मन्त्रीले भने ।


मन्त्रालय ९ कायम गर्ने गरी मन्त्रिपरिषद् पुनर्गठन भएमा नेकपाबाट दुई र नेकपा एमालेबाट एक मन्त्रीको पद जानेछ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारमा अहिले तीनवटै दललाई चार–चार वटा मन्त्रालय भागबण्डा गरिएको छ ।

कांग्रेससँग मुख्यमन्त्रीसहित चार मन्त्रालय छ । मुख्यमन्त्री बाहेक कांग्रेसको भागमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन् ।

नेकपा एमालेको भागमा पूर्वाधार विकास मन्त्रालय, समाज कल्याण तथा खेलकुद मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा संस्कृति मन्त्रालय रहेका छन् ।

यस्तै नेकपाको भागमा अर्थ, ऊर्जा सिंचाइ तथा खानेपानी, उद्योग, वाणिज्य तथा पर्यटन र गृह, सञ्चार तथा कानुन मन्त्रालय छन् ।

अब कांग्रेसको भागमा मुख्यमन्त्रीसहित चार, नेकपा एमालेको तीन र नेकपाको दुई मन्त्रालय भागमा पर्ने एक नेताले बताए ।

मन्त्रालयको संख्या घटाउन अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा गठित मन्त्रालयको संख्या तथा कार्यविभाजन पुनरावलोकनसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सिफारिस कार्यदलले असार १८ गते मुख्यमन्त्रीसमक्ष ९ मन्त्रालय राख्न सिफारिसहितको सुझाव पेस गरेको थियो ।

सुझावअनुसार अब ६ वटा मन्त्रालय गृह, सञ्चार तथा कानुन मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, समाज कल्याण तथा खेलकुद मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय मर्ज गरेर तीन वटा बनाउने गृहकार्य भइरहेको छ ।

पुनरावलोकनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरू सम्मिलित कार्यदल गठन गरिएको थियो । कार्यदलको काम अन्तिम चरणमा रहेको र अबको केही दिनमै सरकारलाई प्रतिवेदन बुझाउने उनले बताए । यद्यपि, यो प्रतिवेदन आउनुअघि पनि मन्त्रिपरिषद् ९ वटा मन्त्रालय कायम गर्ने गरी पुनर्गठन गर्न बाधा नपर्ने मन्त्री पटेलको भनाइ छ ।

केन्द्रमा कांग्रेस र नेकपा एमालेको गठबन्धन भत्किए पनि त्यसको असर मधेशमा भने परेको छैन । एमाले र नेकपाको समीकरणअनुसार पनि यो प्रदेशमा सरकार बनाउन आवश्यक संख्या ५४ पुग्दैन । त्यस कारण यी दुई दल तत्काललाई मधेशमा कांग्रेस नेतृत्वकै सरकारलाई यथावत राख्ने गरी अगाडि बढिरहेका छन् ।

मन्त्रालय ९ कायम हुँदा फिर्ता बोलाइने मन्त्री वा सरकारमा नयाँ अनुहार कसलाई पठाउने विषयमा पनि एमाले र नेकपामा आन्तरिक गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद पूजा चौधरीले सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि तथा खोपको चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद चौधरीले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याका बारेमा सरकारको ध्यनाकर्षण गराएकी हुन् । सांसद चौधरीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क प्रश्तुत गर्दै नेपालका करिव २४.९ प्रतिशत नागरिकले ...
। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो । बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उदघाटन गरेकी छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको उक्त ...
। कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समितिले उहाँलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहेका छन् । यसअघि यही ८ साउनमा समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको सम्पर्क कार्यालय गएका छन् । हङकङबाट स्वदेश फर्किएलगत्तै उनी चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका हुन् । नेता–कार्यकर्ता र सकमर्थकहरूको नाराबाजीका बीच सुरक्षाकर्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्कर्टिङ गरेर उनलाई चुनदेवी पुर्‍याएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा बिहीबार थाई एयरको विमानमार्फत करिब साढे १२ बजे स्वदेश फर्किएका थिए । उनलाई चुनदेवीस्थित ...
। भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् । मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताए । उनका अनुसार आफू बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा पासवान मृत भेटिएका हुन् । प्रहरीले घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ । उनी ...