मुख्य समाचार
आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको टिप्पणी गर्दै अरूले नसक्ने दाबी
आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको टिप्पणी गर्दै अरूले नसक्ने दाबी

। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको टिप्पणी गर्दै अरूले नसक्ने दाबी गरेका छन् । बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टी नेताकार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

‘मलाई अन्तरािष्ट्रय क्रिमिनल कोर्टमा समेत मुद्दा हाले । त्यसपछि कोर्टले कुनै पनि हालतमा हामी शेरबहादुरलाई पक्राउ गर्दैनौं, पक्रेर कामै छैन । उसको वाइफ र उसलाई पक्राउ गर्दैनौं भन्यो,’ देउवाले भने, ‘यहीँ पनि मुद्दा हाल्यो । फाटाहा छन् यहाँ ।’

नेपालको अदालतले समेत आफू र पत्नी डा. आरजु राणा देउवालाई पक्राउ नगर्नु भनेर आदेश दिएको उनले बताए । उनले भने, ‘अदालतले शेरबहादुर र आरजुलाई नपक्रिनु भनेर आदेश दियो । तैपनि बदमासी गर्‍यो ।’

सम्पत्ति शुद्धीकरण आयोग लगाएर पटक–पटक मुद्दा चलाउन खोजिएको पनि देउवाले बताए । ‘एकपल्ट सम्पत्ति शुद्धीकरण आयो । केही पनि छैन भन्यो । दोस्रोपल्ट आयो, केही छैन भन्यो । उसलाई निकालिदियो,’ उनले भने, ‘यतिसम्म बदमासी काम गरेको छ । तर, म बड्ता कुरा गर्नेवाला छैन ।’


देशमा जनता र अदालत पनि रहेकाले जनता र अदालत सबै जानेको देउवाले बताए । ‘यो देशको जनता छ, यो देशको अदालत छ । सबले जानेको छ । बुझेको छ,’ उनले भने ।

उनले त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि आफूसँग नसकेको टिप्पणी गरे । ‘यिनीहरूलाई भोलिदेखि हामीले देखाएर छोड्छौं । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ,’ देउवाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले किसान तथा पशुपालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को बिष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीले जानकारी दिए ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। धरान उपमहानगरपालिकाले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले धरान उपमहानगरपालिकाको १९औँ नगर सभामा बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका विवादलाई सामान्यीकरण गरेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नगर सभामा पेस गरेको बताए । उनले बजेटमार्फत ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलक्षित गर्दै फेरि अभिव्यक्ति दिएका छन् । बिहीबार राति फेसबुकमा सांसद सुनारले राखेको स्टाटसमा बर्दी र फुली देखाएर धम्काउँदैमा हिजोका मुद्दा नसकिने टिप्पणी गरिएको छ । ‘एक हजार अर्ब भन्दा धेरै राज्यमा बेरुजु छ । भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति–कति,’ उनले लेखेका छन्, ‘राज्यको ...