मुख्य समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए

। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले भने, ‘बजेटका सीमाहरु छन्, रकम थोरै छ । जनताका अपेक्षा धेरै छन् । जुन बस्तीमा पुगे पनि जनताले खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन, खेलमैदानका माग गर्नुहुन्छ, सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ ।’

उनले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यसपटकको बजेट वितरणमा न्यायोचित गर्न पहल गरिएको जानकारी दिए ।


तनहुँका जनताले आफूलाई दुई पटक प्रतिनिधिसभा सदस्यमा विजयी गराएको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले त्यस कार्यमा जिल्लाबासीले लगाएको गुन र ऋण कहिल्यै नबिर्सिने बताए ।

उनले दुम्सीमा खानेपानी र तटबन्धनका विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अगाडि बढाइने बताए । त्यसअवसरमा स्थानीयवासीले दुम्सीका ५०० घरधुरीमा खानेपानीको समस्या रहेकोबारे उनलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति दिएको छ। न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले म्याद थपको अनुमति दिएको हो। आज श्रेष्ठलाई थुनामुक्तको मागसहित नेपाल बार अध्यक्ष डा. विजय मिश्र, शम्भू थापा, बारका महासचिव केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउत, भक्तिराम घिमिरे, गोपालकृष्ण घिमिरे, डा. प्रेमराज सिलवाल, पुष्प पौडेल, ...
। राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छिन् । सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरेकी हुन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद चन्दले सरकारले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिएको आरोप लगाइन् । सांसद चन्दले स्वास्थ्य बीमाको पछिल्लो ...
। प्रतिनिधिसभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको अर्थसमितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसँगै विभिन्न चार वटा विषयमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका सभापति डा. कृष्णहरि बुढाथोकीकाअनुसार उपसमितिले गरेको स्थलगत अध्ययन तथा अनुगमनबाट प्राप्त सुझावका आधारमा अन्य विषयगत समितिमार्फत निर्देशन दिन लागिएको हो । समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन् । सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनु भएका पूर्व सभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै केन्द्रीय समितिको बैठक सुरु गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी गराए । साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार देउवा नेपाल फर्किएका ...
। सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा परेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तामझामसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवाससम्म पुगेका छन् । आफ्नो समूह निकट नेता र कार्यकर्ताहरूको उल्लेख्य भिडका बीच देउवालाई प्रहरीको कडा सुरक्षा घेरा र स्कर्टिङसहित धुम्बाराहीस्थित निवाससम्म पुर्‍याइएको थियो । पाँच महिना लामो विदेश बसाइपछि आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउवालाई समर्थक तथा नेता–कार्यकर्ताको उल्लेख्य ...