। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् ।
११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् ।
यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा कोइरालालाई निमित्त निर्देशकको जिम्मेवारी दिएइको थियो । डा. नेपालले आजैबाट जिम्मेवारी सम्मालेका छन् । ‘वीर अस्पतालको समम्यालाई वर्षैदेखि गहिराइमा बुझेको छु’ उनले अनलाइनखबरसँग भने, ‘गरिब र विपन्नको भरोसको केन्द्र रहेको वीरको स्वास्थ्य सेवा सुधार गर्ने कुरामा केन्द्रित हुनेछु ।’