मुख्य समाचार
शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताए
शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताए

। नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताएका छन्। आजै सिंगारपुरमा उपचार गराएर स्वदेश फर्किएका देउवाले अपिल पत्र जारी गर्दै परिवर्तन सजिलो हुँदैन भन्नेकुरा आफूले राम्रोसँग जानेको भनेका हुन् ।

उनले आफ्नो दायित्व भुलेर सरकार राजनीतिक आग्रह पूर्वाग्रह साँध्न लाग्ने हो भने त्यो मुलुकको हितमा नहुने बताएका छन्।


‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका छन्, ‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन । त्यसैले जनताको आकांक्षा पुरा गर्ने बाटोमा सरकार अघि बढ्नु पर्छ । ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनतानै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन ।’

उनले परिवर्तन व्यवस्थापन प्रक्रियामा सहयोग गर्न तयार रहेको पनि बताएका छन्। ‘हामी अन्धाधुन्ध दौडिने छैनौं, विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउनेछौं,’ उनले भनेका छन्।


उनले युवापुस्ताको मौन पीडा र आवाज सुनेको भन्दै थपेका छन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु- नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ । विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गर्छौं। मैले समाजका सबै वर्ग, सबै समुदाय र सबै पुस्ताको सार्थक सहभागीता सुनिश्चित गर्ने काममै सँधै नेतृत्व गरेँ, किनकि भविष्य ती हातहरूको हो जसले राष्ट्र निर्माण गर्नेछन्।’

यही कारणले भौतिक पीडा सहँदै आफूले भदौको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने बताइसकेको स्मरण गरेका छन्। ‘परिवर्तनको अर्थ विगत खराब थियो, हाम्रा पुस्ताको त्याग बलिदान र संर्घष खराब थियो भन्ने होइन। हाम्रो पुस्ताले लामो समय लोकतन्त्र, स्वतन्त्रा, विभिन्न जातजाति, क्षेत्र, समुदायको अधिकारका लागि लड्नु पर्यो । मुलुकमा पद्दति बनाउन समय खर्चिनु पर्यो,’ उनले भनेका छन्, ‘विगतका यी एतिहासिक कामलाई नकरात्मकता फैलाउने भाष्य कोही पनि सच्चा नागिरकका लागि स्वीकार्य हुँदैन । केही कमी कमजोरी भए होलान्, तर त्यसलाई स्वीकार गर्दै समुन्नत मुलुक निर्माणमा सबै पक्षको हातेमालो हुन आवश्यक छ। लोकतन्त्रमा सत्ता अस्थायी हुन्छ तर जनताको मन बुझ्ने नेता मात्रै सदा स्मरणीय हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति दिएको छ। न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले म्याद थपको अनुमति दिएको हो। आज श्रेष्ठलाई थुनामुक्तको मागसहित नेपाल बार अध्यक्ष डा. विजय मिश्र, शम्भू थापा, बारका महासचिव केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउत, भक्तिराम घिमिरे, गोपालकृष्ण घिमिरे, डा. प्रेमराज सिलवाल, पुष्प पौडेल, ...
। राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छिन् । सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरेकी हुन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद चन्दले सरकारले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिएको आरोप लगाइन् । सांसद चन्दले स्वास्थ्य बीमाको पछिल्लो ...
। प्रतिनिधिसभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको अर्थसमितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसँगै विभिन्न चार वटा विषयमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका सभापति डा. कृष्णहरि बुढाथोकीकाअनुसार उपसमितिले गरेको स्थलगत अध्ययन तथा अनुगमनबाट प्राप्त सुझावका आधारमा अन्य विषयगत समितिमार्फत निर्देशन दिन लागिएको हो । समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन् । सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनु भएका पूर्व सभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै केन्द्रीय समितिको बैठक सुरु गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी गराए । साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार देउवा नेपाल फर्किएका ...
। सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा परेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तामझामसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवाससम्म पुगेका छन् । आफ्नो समूह निकट नेता र कार्यकर्ताहरूको उल्लेख्य भिडका बीच देउवालाई प्रहरीको कडा सुरक्षा घेरा र स्कर्टिङसहित धुम्बाराहीस्थित निवाससम्म पुर्‍याइएको थियो । पाँच महिना लामो विदेश बसाइपछि आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउवालाई समर्थक तथा नेता–कार्यकर्ताको उल्लेख्य ...