मुख्य समाचार
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ माग
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ माग

। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ माग गरेको छ ।

सर्वोच्चले दुवै जनाको नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए जवाफ पेस गर्न आदेश दिएको छ ।

नेपाल र भट्टराईका साथै सर्वोच्चले महान्यायाधीवक्ता कार्यालय र विशेष अदालतका नाममा समेत लिखित आदेश माग गरेको छ ।

मन्त्रिपरिषदको निर्णयको आडमा उन्मुक्ति दिएर पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने सर्वोच्च अदालत गएका थिए ।

उनले पूर्वप्रधानमन्त्रीहरू नेपाल र डा. भट्टराईमाथि समेत अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग गरेका थिए ।

त्यही निवेदनमा पूर्वप्रधानमन्त्रीद्वयसँग लिखित जवाफ माग नगरी मुद्दा टुंग्याउन उचित नहुने भनी प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले लिखित जवाफ माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकार र आन्दोलनरत लघुवित्त पीडितहरूबीच बिहीबार सात बुँदे सम्झौता भएको छ । लघुवित्त संस्थाका समस्या समाधान समिति गठन गर्न सरकारले सिफारिस गर्ने, समस्याका परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि पुनर्स्थापना कार्यक्रम लगायतका विषयमा सहमति भएको हो । योसँगै लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलनले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ । सम्झौता पत्रमा आन्दोलनका तर्फबाट रेशम ...
: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको वैधानिक रूपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवाको अनुभव पार्टीका लागि विशेष उपयोगी हुने बताएका हुन्। उपचारका क्रममा हङकङ बस्दै आएका देउवा बिहीबार नेपाल फर्किएका छन्। स्वदेश फर्किएका देउवालाई कांग्रेस नेता तथा ...
। नेपाल आयल निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएको छ । निगमले बिहीबार सूचना जारी गर्दै ३१ असारदेखि बजारमा १४.२ किलोको भरी सिलिन्डर बिक्री वितरण भइरहेको र साविकभन्दा करिब २० प्रतिशत बढी ग्यास आयात र वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज ग्यास नपाएको गुनासो ...
: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबारभित्रै बिक्री कक्ष सञ्चालन गरेको छ । लिमिटेडले सातौं वार्षिकोत्सवको अवसरमा सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालनमा ल्याएको हो । सिंहदरबार बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी थिइन् । बिक्री कक्षमा नेपालमा उत्पादित १४२ प्रकारका खाद्य तथा गैर–खाद्य वस्तुहरू राखिएका छन् । सो अवसरमा उद्योगमन्त्री यादवले उपभोक्ता ...
। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बिहीबार साँझ मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख मियाँले उनको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ...