मुख्य समाचार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नेकपा एमालेको समर्थनमा प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नेकपा एमालेको समर्थनमा प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने

: सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै सरकारको नेतृत्व फेरिने भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नेकपा एमालेको समर्थनमा प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।

निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

नेकपा र एमालेबीच बनेको नयाँ राजनीतिक समीकरणअनुसार भट्टले तोकिएको समयभित्रै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्। दाबी पेस भएपछि प्रदेश प्रमुखले शुक्रबार नै उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। त्यसपछि दिउँसो ३ बजे शपथ ग्रहण गराउने तयारी छ।

मुख्यमन्त्रीको शपथसँगै भट्ट नेतृत्वको सरकारले तत्कालै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सम्भावना छ। नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा समेत सहमति भइसकेको बताइएको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउनेछन्।

एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषि मन्त्रालयमध्ये एउटा मन्त्रालयको नेतृत्व पाउने सम्भावना रहेको स्रोतको दाबी छ।सुदूरपश्चिमको सत्ता परिवर्तनको मुख्य कारण भने बजेट विवाद बनेको छ। गत असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।

त्यसपछि राजनीतिक दबाब बढ्दै गएपछि शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए। शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सत्ता समीकरणको बाटो खुलेको हो। अब नेकपा–एमाले गठबन्धनले सरकार बनाउने तयारी गरेसँगै लामो समयदेखि प्रदेशको राजनीतिमा सक्रिय खगराज भट्ट पुनः मुख्यमन्त्रीको कुर्सीमा फर्किने निश्चित भएको छ।

नयाँ सरकारका लागि सबैभन्दा ठूलो चुनौती भने राजनीतिक स्थायित्वसँगै बजेट कार्यान्वयन, मन्त्रालय व्यवस्थापन र सत्ता गठबन्धनभित्रको शक्ति सन्तुलन कायम गर्नु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकार र आन्दोलनरत लघुवित्त पीडितहरूबीच बिहीबार सात बुँदे सम्झौता भएको छ । लघुवित्त संस्थाका समस्या समाधान समिति गठन गर्न सरकारले सिफारिस गर्ने, समस्याका परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि पुनर्स्थापना कार्यक्रम लगायतका विषयमा सहमति भएको हो । योसँगै लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलनले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ । सम्झौता पत्रमा आन्दोलनका तर्फबाट रेशम ...
: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको वैधानिक रूपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवाको अनुभव पार्टीका लागि विशेष उपयोगी हुने बताएका हुन्। उपचारका क्रममा हङकङ बस्दै आएका देउवा बिहीबार नेपाल फर्किएका छन्। स्वदेश फर्किएका देउवालाई कांग्रेस नेता तथा ...
। नेपाल आयल निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएको छ । निगमले बिहीबार सूचना जारी गर्दै ३१ असारदेखि बजारमा १४.२ किलोको भरी सिलिन्डर बिक्री वितरण भइरहेको र साविकभन्दा करिब २० प्रतिशत बढी ग्यास आयात र वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज ग्यास नपाएको गुनासो ...
: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबारभित्रै बिक्री कक्ष सञ्चालन गरेको छ । लिमिटेडले सातौं वार्षिकोत्सवको अवसरमा सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालनमा ल्याएको हो । सिंहदरबार बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी थिइन् । बिक्री कक्षमा नेपालमा उत्पादित १४२ प्रकारका खाद्य तथा गैर–खाद्य वस्तुहरू राखिएका छन् । सो अवसरमा उद्योगमन्त्री यादवले उपभोक्ता ...
। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बिहीबार साँझ मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख मियाँले उनको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ...