मुख्य समाचार
१०औं राष्ट्रिय खेलकुद आयोजना हुने मिति पटक–पटक घोषणा हुँदै स्थगित हुने क्रमले प्रतियोगिताको भविष्य नै अन्योलमा परेको अवस्थामा सरकारले प्रतियोगिताको नयाँ मिति घोषणा
१०औं राष्ट्रिय खेलकुद आयोजना हुने मिति पटक–पटक घोषणा हुँदै स्थगित हुने क्रमले प्रतियोगिताको भविष्य नै अन्योलमा परेको अवस्थामा सरकारले प्रतियोगिताको नयाँ मिति घोषणा

: नेपाली खेलकुदको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता १०औं राष्ट्रिय खेलकुद आयोजना हुने मिति पटक–पटक घोषणा हुँदै स्थगित हुने क्रमले प्रतियोगिताको भविष्य नै अन्योलमा परेको अवस्थामा सरकारले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको छ।

बिहीबार बसेको राष्ट्रिय खेलकुद परिषद्को १२५औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ। राखेपका अध्यक्ष शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षातमा बसेको परिषद्को बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद पुस १५ गतेदेखि सञ्चालन गर्ने पनि निर्णय गरेको छ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने घोषणा गरिएको प्रतियोगिता अहिलेसम्म निर्धारित समयमा हुन नसक्दा पटक–पटक नयाँ मिति घोषणा गर्नुपर्ने अवस्था दोहोरिएको छ। ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ सालमा गण्डकी प्रदेशमा सम्पन्न भएपछि १०औं संस्करणको आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई दिइएको थियो।

त्यतिबेला १०औं राष्ट्रिय खेलकुद २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिति तोकेको थियो। तर, प्रतियोगिता नजिकिँदै जाँदा पूर्वाधार तयारी पूरा नभएकोलगायत कारण देखाउँदै पहिलोपटक मिति सारिएको थियो।राखेपको ११८औं बोर्ड बैठकले मंसिरमा हुनुपर्ने प्रतियोगिता २०८१ साल चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो। चैतको मितिमा पनि प्रतियोगिता हुन सकेन।

त्यसपछि १२१औं बोर्ड बैठकले फेरि मिति परिवर्तन गर्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर, आर्थिक स्रोत, पूर्वाधार, व्यवस्थापकीय तयारीलगायत विषयमा विवाद र समस्या देखिएपछि जेठमा पनि प्रतियोगिता हुन सकेन। २०८२ चैत २९ गते बसेको राखेपको १२२औं बोर्ड बैठकले जेठमा प्रतियोगिता गर्न नसकिने निष्कर्षसहित तत्कालका लागि प्रतियोगिता स्थगित गरेको थियो।

लामो समयसम्म नयाँ मिति नै नतोकिएको अवस्थामा खेलकुदमा नयाँ नेतृत्व आएपछि २०८२ कात्तिकमा फेरि प्रतियोगिताको मिति तोकियो। राष्ट्रिय खेलकुद परिषद्को १२३औं बोर्ड बैठकले कर्णालीमा २०८२ साल फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। त्यसपछि मन्त्रिपरिषद्ले पनि उक्त मितिलाई स्वीकृति नदिएपछि प्रतियोगिता हुन सकेन। संघीय सरकार र कर्णाली प्रदेश सरकारबीच प्रतियोगिता तयारी, पूर्वाधार, बजेट तथा जिम्मेवारीका विषयमा आरोप–प्रत्यारोपसमेत भएपछि पनि प्रतियोगितामा अन्योलमा पर्‍यो।

कर्णाली प्रदेशको वीरेन्द्रनगरमा निर्माण गरिएको रंगशाला १०औं राष्ट्रिय खेलकुदको प्रमुख केन्द्र हो। निर्माणको काम झन्डै ९९ प्रतिशत पूरा भएको दाबी गरिए पनि बाँकी काम पूरा नहुँदा रंगशाला पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। ठेकेदार कम्पनीले काम छाडेको लामो समय भइसकेको र ठेक्काको म्याद थप वा रद्द गर्ने विषयसमेत टुंगो नलागेकाले प्रतियोगिताको तयारी प्रभावित भएको हो।

रंगशाला निर्माणमा ठूलो रकम खर्च भइसकेको छ। सुर्खेतको रंगशालामा फुटबल मैदान, एथलेटिक्स सिन्थेटिक ट्र्याक, पौडी पोखरी, बहुउद्देश्यीय कभर्डहल, मार्सल आर्ट हललगायत संरचना निर्माण गरिएको छ। तर, राष्ट्रिय खेलकुदका लागि तयार पारिएको पूर्वाधार प्रतियोगिता नै नहुँदा प्रयोगविहीन बन्ने अवस्था आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...