मुख्य समाचार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्

। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि बिहीबारै प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका थिए ।

यसअघि ३१ असारमा बजेटको विषयमा असहमति जनाउँदै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले ३० औँ दिनमा राजीनामा दिएका हुन् ।


अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

पछिल्लो समय नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा नेकपाको नेतृत्वमा सरकार बन्ने भनिएको छ ।

नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकार र आन्दोलनरत लघुवित्त पीडितहरूबीच बिहीबार सात बुँदे सम्झौता भएको छ । लघुवित्त संस्थाका समस्या समाधान समिति गठन गर्न सरकारले सिफारिस गर्ने, समस्याका परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि पुनर्स्थापना कार्यक्रम लगायतका विषयमा सहमति भएको हो । योसँगै लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलनले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ । सम्झौता पत्रमा आन्दोलनका तर्फबाट रेशम ...
: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको वैधानिक रूपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवाको अनुभव पार्टीका लागि विशेष उपयोगी हुने बताएका हुन्। उपचारका क्रममा हङकङ बस्दै आएका देउवा बिहीबार नेपाल फर्किएका छन्। स्वदेश फर्किएका देउवालाई कांग्रेस नेता तथा ...
। नेपाल आयल निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएको छ । निगमले बिहीबार सूचना जारी गर्दै ३१ असारदेखि बजारमा १४.२ किलोको भरी सिलिन्डर बिक्री वितरण भइरहेको र साविकभन्दा करिब २० प्रतिशत बढी ग्यास आयात र वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज ग्यास नपाएको गुनासो ...
: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबारभित्रै बिक्री कक्ष सञ्चालन गरेको छ । लिमिटेडले सातौं वार्षिकोत्सवको अवसरमा सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालनमा ल्याएको हो । सिंहदरबार बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी थिइन् । बिक्री कक्षमा नेपालमा उत्पादित १४२ प्रकारका खाद्य तथा गैर–खाद्य वस्तुहरू राखिएका छन् । सो अवसरमा उद्योगमन्त्री यादवले उपभोक्ता ...
। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बिहीबार साँझ मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख मियाँले उनको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ...