मुख्य समाचार
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताए
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताए

: नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताएका छन्।

बिहीबार शेरबहादुर देउवालाई स्वागत गर्न बिमानस्थल पुगेका महतले सञ्चारकर्मीसँग कुरा गर्दै देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता हुने दावी गरे।

उनले देउवालाई स्वागत गर्न देशभरिबाट पार्टीका शुभचिन्तक तथा समर्थकहरू स्वतःस्फूर्त रूपमा बिमानस्थल आएको उल्लेख गरे । अहिले अहिले नआएका नेताहरू पनि केहिदिनभित्र आउने उनले बताए।

देउवालाई स्वागत गर्न डा.शशांक कोइराला, बिमलेन्द्र निधि लगायत कांग्रेस संस्थापनइतर समूहका नेता तथा कार्यकर्ताहरू बिमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धरान उपमहानगरपालिकाले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले धरान उपमहानगरपालिकाको १९औँ नगर सभामा बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका विवादलाई सामान्यीकरण गरेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नगर सभामा पेस गरेको बताए । उनले बजेटमार्फत ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलक्षित गर्दै फेरि अभिव्यक्ति दिएका छन् । बिहीबार राति फेसबुकमा सांसद सुनारले राखेको स्टाटसमा बर्दी र फुली देखाएर धम्काउँदैमा हिजोका मुद्दा नसकिने टिप्पणी गरिएको छ । ‘एक हजार अर्ब भन्दा धेरै राज्यमा बेरुजु छ । भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति–कति,’ उनले लेखेका छन्, ‘राज्यको ...
। भक्तपुर, तनहुँ र चितवनबाट तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरको दुवाकोटबाट काठमाडौंको अनामनगर बस्ने ३२ वर्षीय अजय डंगोललाई ८१२ चक्की ट्रमाडोलसहित पक्राउ गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । यसैगरी तनहुँको आबुखैरेनी गाउँपालिका ३ प्रगति टोलबाट पनि हिजो साँझ प्रहरीले लागुऔषद बरामद गरेको ...
। काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ । पैदलयात्री भने घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौंको थली बस्ने ४० वर्षीय रवि सिम्खडा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दोलालघाटबाट धुलिखेलतर्फ आइरहेको बागमती प्रदेश ०१–०१६ ...
। सरकार र आन्दोलनरत लघुवित्त पीडितहरूबीच बिहीबार सात बुँदे सम्झौता भएको छ । लघुवित्त संस्थाका समस्या समाधान समिति गठन गर्न सरकारले सिफारिस गर्ने, समस्याका परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि पुनर्स्थापना कार्यक्रम लगायतका विषयमा सहमति भएको हो । योसँगै लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलनले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ । सम्झौता पत्रमा आन्दोलनका तर्फबाट रेशम ...