मुख्य समाचार
सिंहदरबारभित्रै १४२ प्रकारका खाद्य–गैरखाद्य वस्तुको बिक्री कक्ष
सिंहदरबारभित्रै १४२ प्रकारका खाद्य–गैरखाद्य वस्तुको बिक्री कक्ष

: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबारभित्रै बिक्री कक्ष सञ्चालन गरेको छ । लिमिटेडले सातौं वार्षिकोत्सवको अवसरमा सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालनमा ल्याएको हो ।

सिंहदरबार बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी थिइन् । बिक्री कक्षमा नेपालमा उत्पादित १४२ प्रकारका खाद्य तथा गैर–खाद्य वस्तुहरू राखिएका छन् । सो अवसरमा उद्योगमन्त्री यादवले उपभोक्ता तथा कर्मचारीहरूलाई बिक्री कक्षमा आएर सामग्रीहरू खरिद गर्न र कम्तीमा एक पटक अवलोकन गर्न आग्रह गरिन् ।

उनले उपत्यकामा हाल ५ ठाउँमा खाद्यको स्टलहरू रहेका भन्दै आगामी दिनमा अन्य स्थानहरूका साथै भाटभटेनीमा पनि स्टल राख्ने सोच रहेको र सोही अनुसार प्रयास भइरहेको जानकारी दिइन् । त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले कर्मचारी, सेवाग्राही तथा विभिन्न कामले आउनेहरुको माग र मन्त्रीको निर्देशन अनुसार सिंहदरबारभित्र सेवा शुभारम्भ गरिएको बताए । सातौं वार्षिकोत्सवको अवसरमा देशभरका १९३ स्थानबाट विभिन्न खाद्य वस्तुहरू प्रति केजी रु. ५ छुटमा सहुलियत मूल्यमा उपलब्ध गराइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले किसान तथा पशुपालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को बिष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीले जानकारी दिए ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। धरान उपमहानगरपालिकाले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले धरान उपमहानगरपालिकाको १९औँ नगर सभामा बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका विवादलाई सामान्यीकरण गरेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नगर सभामा पेस गरेको बताए । उनले बजेटमार्फत ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलक्षित गर्दै फेरि अभिव्यक्ति दिएका छन् । बिहीबार राति फेसबुकमा सांसद सुनारले राखेको स्टाटसमा बर्दी र फुली देखाएर धम्काउँदैमा हिजोका मुद्दा नसकिने टिप्पणी गरिएको छ । ‘एक हजार अर्ब भन्दा धेरै राज्यमा बेरुजु छ । भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति–कति,’ उनले लेखेका छन्, ‘राज्यको ...