मुख्य समाचार
बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी
बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी

। नेपाल आयल निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

निगमले बिहीबार सूचना जारी गर्दै ३१ असारदेखि बजारमा १४.२ किलोको भरी सिलिन्डर बिक्री वितरण भइरहेको र साविकभन्दा करिब २० प्रतिशत बढी ग्यास आयात र वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज ग्यास नपाएको गुनासो बढेपछि ध्यानाकर्षण भएको बताएको छ ।

निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी र जानकारीका आधारमा बजार अनुगमन गर्दा कतिपय होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस लगायत व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखेको पाइएको सूचनामा उल्लेख छ ।

त्यसरी अनावश्यक ग्यास मौज्दात नराख्न र यदि राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न गराउन सम्बद्ध सबैमा निगमले आग्रह गरेको छ ।


साथै, निगमको यो सूचना अवज्ञा गरी कहीँ कतै ग्यास सिलिन्डर मौज्दात (लुकाएर) राखेको भेटिए प्रचलित कानुन बमोजिम कडा कारबाही हुने समेत निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले किसान तथा पशुपालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को बिष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीले जानकारी दिए ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। धरान उपमहानगरपालिकाले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले धरान उपमहानगरपालिकाको १९औँ नगर सभामा बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका विवादलाई सामान्यीकरण गरेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नगर सभामा पेस गरेको बताए । उनले बजेटमार्फत ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलक्षित गर्दै फेरि अभिव्यक्ति दिएका छन् । बिहीबार राति फेसबुकमा सांसद सुनारले राखेको स्टाटसमा बर्दी र फुली देखाएर धम्काउँदैमा हिजोका मुद्दा नसकिने टिप्पणी गरिएको छ । ‘एक हजार अर्ब भन्दा धेरै राज्यमा बेरुजु छ । भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति–कति,’ उनले लेखेका छन्, ‘राज्यको ...