मुख्य समाचार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको वैधानिक रूपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको वैधानिक रूपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त

: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको वैधानिक रूपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवाको अनुभव पार्टीका लागि विशेष उपयोगी हुने बताएका हुन्।

उपचारका क्रममा हङकङ बस्दै आएका देउवा बिहीबार नेपाल फर्किएका छन्। स्वदेश फर्किएका देउवालाई कांग्रेस नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए।

प्रवक्ता चालिसेले नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनको अनुभव पार्टीका लागि विशेष उपयोगी हुने बताए। 'नेपालको लोकतान्त्रिक आन्दोलनमा पार्टीले उहाँको भूमिकाको उच्च मूल्यांकन गर्दछ। उहाँको अनुभव पार्टीका लागि विशेष उपयोगी हुनसक्छ। पार्टीको वैधानिक रूतान्तरणमा उहाँले भूमिका खेल्ने विश्वास लिएका छौं,' उनले भने।

त्यस्तै कांग्रेसले पत्रकार किशोर श्रेष्ठमाथि भएको धरपकडप्रति आपत्ति जनाएको छ। उक्त घटनाको न्याय निरुपण आधिकारिक प्रक्रियाबाट हुनुपर्ने भए पनि सत्ताबाट प्रेसको घाँटी निमोठ्ने काम भएको प्रवक्ता चालिसेले बताए।

प्रवक्ता चालिसेले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको हनन भएको बताए। कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा रहेको र पत्रकार श्रेष्ठको पक्राउको बर्खिलापमा रहेको उनको भनाइ छ।

त्यस्तै सार्वजनिक लेखा समितिको बैठकमा सत्तापक्षका सांसदहरूले मर्यादा विपरीत र असभ्य भाषा प्रयोग गरेको विषयमा पनि कांग्रेसले आपत्ति जनाएको छ। यस्तो व्यवहार उन्नत लोकतन्त्रका मूल्य-मान्यताविपरीत रहेको भन्दै कांग्रेसले सत्तापक्षका सांसदलाई आफ्नो आचरण र मर्यादामा ध्यान दिन आग्रह गरेको छ। ‘आवेगमा नभएर मर्यादा र आचरणमा बस्नुपर्छ,’ प्रवक्ता चालिसेले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले किसान तथा पशुपालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को बिष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीले जानकारी दिए ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। धरान उपमहानगरपालिकाले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले धरान उपमहानगरपालिकाको १९औँ नगर सभामा बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका विवादलाई सामान्यीकरण गरेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नगर सभामा पेस गरेको बताए । उनले बजेटमार्फत ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलक्षित गर्दै फेरि अभिव्यक्ति दिएका छन् । बिहीबार राति फेसबुकमा सांसद सुनारले राखेको स्टाटसमा बर्दी र फुली देखाएर धम्काउँदैमा हिजोका मुद्दा नसकिने टिप्पणी गरिएको छ । ‘एक हजार अर्ब भन्दा धेरै राज्यमा बेरुजु छ । भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति–कति,’ उनले लेखेका छन्, ‘राज्यको ...