। काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ । पैदलयात्री भने घाइते भएका छन् ।
मृत्यु हुनेमा काठमाडौंको थली बस्ने ४० वर्षीय रवि सिम्खडा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दोलालघाटबाट धुलिखेलतर्फ आइरहेको बागमती प्रदेश ०१–०१६ प ७३१८ नम्बरको स्कुटरले हिजो बेलुका सवा ७ बजे पैदलयात्रीलाई ठक्कर दिएर सडक डिभाइडरमा ठोक्किएको थियो ।
स्कुटरको ठक्करबाट घाइते भएका पैदलयात्री काभ्रेको पाँचखाल नगरपालिका–४ बस्ने ५५ वर्षीय साइँला दनुवारको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।