मुख्य समाचार
धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत
धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत

। धरान उपमहानगरपालिकाले बिहीबार आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले धरान उपमहानगरपालिकाको १९औँ नगर सभामा बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका विवादलाई सामान्यीकरण गरेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नगर सभामा पेस गरेको बताए ।

उनले बजेटमार्फत धरानको आर्थिक समृद्धि र नगरवासीको समुन्नति तथा सुखका लागि दिगो र उच्च प्रतिफल दिनका लागि आयोजना पहिचान गरी नागरिक तथा सरोकारवालाको सहभागितामा प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।

शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी र पूर्वाधार सुविधासम्पन्न बहुसांस्कृतिक आधुनिक सहरको पहिचान कायम गर्ने बजेटको मूल उद्देश्य रहेको कावा मेयर बेघाले बताए ।


नगर सभामा प्रस्तुत गरेको बजेट तोकिएको समयभन्दा एक महिना १८ दिन ढिलो आएको हो । बजेट किचलोका कारण समयमै बजेट सार्वजनिक गर्न नसक्दा जनप्रतिनिधिहरू आलोचित बनेका थिए ।

स्थानीय तहले प्रत्येक आर्थिक वर्षको बजेट १० असारभित्र नगर सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि बजेटसम्बन्धी विवादका कारण धरानको बजेट समयमा प्रस्तुत हुन सकेको थिएन ।

ढिलो सार्वजनिक भएको बजेटले धरानको आर्थिक विकास, स्वच्छ खानेपानीसहितको पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

कार्यवाहक मेयर बेघाद्वारा प्रस्तुत बजेट नीति तथा कार्यक्रमअनुसार नगर कार्यपालिकातर्फ विनियोजन हुने बजेटमध्ये नगर सभाबाट विनियोजन हुने निश्चित बजेट १ अर्ब ५२ करोड ६० लाख ६१ हजार रुपैयाँ रहेको छ ।

सशर्त अनुदानबाट ९२ करोड ९७ लाख ४२ हजार, समपूरक अनुदानबाट १ करोड ५ लाख र विशेष अनुदानबाट ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यी स्रोतसमेत जोड्दा नगर कार्यपालिकातर्फ कुल २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट कायम गरिएको छ ।

बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटले खाल्डाखुल्डीरहित नगर बनाउने, बसपार्क सारिएपछि खल्ला भएको भानुचोकको सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माण, धरान सभागृह निर्माण र मर्मतसम्भार लगायत पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

शिक्षा, युवा तथा खेलकुदतर्फ ४९ करोड ६६ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसमा संघ तथा प्रदेश सरकारको सशर्त अनुदानबाट प्राप्त ४७ करोड ६१ लाख ८२ हजार रुपैयाँसमेत समावेश गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको १२ करोड ४५ लाख रुपैयाँले स्वास्थ्यसम्बन्धी विभिन्न नीति तथा कार्यक्रमका लागि सशर्त अनुदान, नगर अस्पताल सञ्चालन तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने बताइएको छ । बीपी प्रतिष्ठानसँग सहकार्यका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै सामाजिक समावेशीकरण, सकारात्मक विभेद तथा लक्षित कार्यक्रम सञ्चालनका लागि १० करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सुकुम्बासी व्यवस्थापन, सिटी सफारी तथा टेम्पो चालकको दुर्घटना सहायता कोष, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रण, विपन्न परिवारका छोरीलाई सहयोग, लैङ्गिक समानता तथा समावेशीकरण र विपन्न परिवारका सदस्यको दाहसंस्कारमा साझेदारीलगायत कार्यक्रम समेटिएका छन् । संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

धरानको दीर्घकालीन खानेपानी समस्या समाधान गर्न तत्कालकालागि ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेट बक्तव्यमा धरानको खानेपानी आपूर्तिलाई भरपर्दो र विश्वसनीय बनाउन चतरास्थित कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारबाट विनियोजन भएको बजेटको साझेदारीका लागि आन्तरिक स्रोतबाट उक्त रकम छुट्याइएको बताइएको छ ।

वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ४५ लाख ७५ हजार रुपैयाँ, राजस्व सुधार तथा संस्थागत क्षमता विकासका लागि ५३ लाख रुपैयाँ, कानुन तथा न्याय सम्पादनतर्फ २० लाख रुपैया र विनियोजन गरिएको छ भने नगर मिसन कार्यक्रमका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ ।

बजेट बक्तव्यअनुसार धरानका २० वटै वडाका लागि प्रशासनिक, कार्यक्रम तथा पूँजीगत खर्चतर्फ २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट बक्तव्यमा धरान उपमहानगरपालिकाको अघिल्लो आर्थिक वर्ष २०८२/८३ को खर्च प्रगतिसमेत प्रस्तुत गरिएको छ । अघिल्लो आर्थिक वर्षमा संशोधनसहित २ अर्ब ३४ करोड ७ लाख ६३ हजार रुपैयाँ खर्चको अनुमान गरिएकोमा असार मसान्तसम्म १ अर्ब ४२ करोड ४५ लाख ९६ हजार २३४ रुपैयाँ मात्र खर्च भएको थियो । यो कुल अनुमानको ६३.५३ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले किसान तथा पशुपालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को बिष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीले जानकारी दिए ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलक्षित गर्दै फेरि अभिव्यक्ति दिएका छन् । बिहीबार राति फेसबुकमा सांसद सुनारले राखेको स्टाटसमा बर्दी र फुली देखाएर धम्काउँदैमा हिजोका मुद्दा नसकिने टिप्पणी गरिएको छ । ‘एक हजार अर्ब भन्दा धेरै राज्यमा बेरुजु छ । भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति–कति,’ उनले लेखेका छन्, ‘राज्यको ...
। भक्तपुर, तनहुँ र चितवनबाट तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरको दुवाकोटबाट काठमाडौंको अनामनगर बस्ने ३२ वर्षीय अजय डंगोललाई ८१२ चक्की ट्रमाडोलसहित पक्राउ गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । यसैगरी तनहुँको आबुखैरेनी गाउँपालिका ३ प्रगति टोलबाट पनि हिजो साँझ प्रहरीले लागुऔषद बरामद गरेको ...