मुख्य समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त

: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।

मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए ।

विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगर गरे।

प्रदेश सभा बैठकमा आठजना सांसद अनुपस्थित रहेका थिए । हाजिरी अभिलेखअनुसार अनुराग खड्का,अम्बिका काफ्ले,आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु,माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहेका थिए ।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन्। कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलहरूको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भेलाका संयोजक डा.शशांक कोइरालाले राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्ताबीच बढेको मित्रता र एकता कायम राख्न आग्रह गरेका छन्। आइतबार राष्ट्रिय भेला समापन समारोहलाई सम्बोधन गर्दै कोइरालाले तीन दिनसम्म सँगै बसेर आपसी सम्बन्ध र मित्रता थप प्रगाढ भएको बताए। ‘तपाईंहरूलाई बिदाइ गर्न मलाई पीडा भइरहेको छ। तीन दिन हामी बस्यौं,खायौं। ...
: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आफूले नमानेको जानकारी दिएका छन्। कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन स्वीकार नगरेपनि अदालतले गरेको निर्णयलाई स्वीकार गरेको बताएका हुन्। उनले कांग्रेसको विचाराधीन मुद्दामा अदालतले न्याय दिने विश्वास व्यक्त गरे। उनले हिन्दूको विषयमा बोलिदिन आग्रह गरेकाले उनले आफू हिन्दू भएको बताए। ‘म हिन्दु हुँ, ...
: पटक पटक यौन दुर्व्यवहारका घटनामा मुछिँदै आएका नवलपरासीका एक निजी विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन्। नवलपरासी सुस्ता गाउँपालिका–१ सिङ्हास्थित न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालकसमेत रहेका ४६ वर्षीय भरत न्यौपानेलाई पीडितले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो। आफ्नै विद्यालयमा पढ्ने एक १५ वर्षीया छात्रालाई पटक पटक अश्लील म्यासेज पठाएर मानसिक तनाव दिएको उनीमाथि आरोप ...
: वैयक्तिक गोपनीयतासम्बन्धी कसूरको आरोपमा पक्राउ परेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। रिटको पेशी न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ। यसअघि साउन २९ गते सर्वोच्च अदालतले श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। सोही आदेश अनुसार प्रहरीले श्रेष्ठलाई अदालतमा ...
। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको ...