मुख्य समाचार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारमा पाँच जना मन्त्री नामको टुंगो
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारमा पाँच जना मन्त्री नामको टुंगो

: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारमा पाँच जना मन्त्री नामको टुंगो लगाएको छ।

नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रीमा जीवन आचार्य, सामाजिक विकास मन्त्रीमा गीता तिमल्सिना, पर्यटन, वन तथा वातावरण मन्त्रीमा खिनु लिम्बु, आन्तरिक मामिला तथा योजना मन्त्रीमा गुम्बु शेर्पा र भौतिक पूर्वाधार राज्य मन्त्रीमा सपना दर्जीलाई टुंगो लगाएको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नकेपाका संयोजक पुष्पकमल दाहालले कार्यगत एकता गर्ने निर्णय गरेसँगै सातवटै प्रदेशमा सरकार पुनर्गठनको प्रक्रिया सुरू भएको हो। सोही बमोजिम कोशीमा एमाले र नेकपा मिलेर सरकार बनाउन लागेको हो।

यसअघि एमाले र कांग्रेस मिलेर कोशीमा सरकार बनाएको थियो। दुई शीर्ष नेताबीच कार्यगत एकता गर्ने निर्णय गरेसँगै कांग्रेस सरकारबाट बाहिरिएको थियो। कोशीमा हालका मुख्यमन्त्री हिक्मत कार्कीलाई नै निरन्तरता दिने एमालेले निर्णय गरेको छ। उनको क्याबिनेटमा रहेका एमालेका मन्त्रीहरू भने निरन्तरता पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्। आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गरेका हुन्। विश्वासको मत पेस गर्ने क्रममा उनले राजीनामा दिएको घोषणा गरेका हुन्। सरकार आफूसँगै रहेका दलहरूले छाडेर गएपछि मुख्यमन्त्रीको कुर्सीमा बस्न उपयुक्त लागेर मार्ग प्रशस्त गर्ने निर्णय लिएको उनले बताए। उनले विभिन्न आन्दोलन तथा शान्ति प्रक्रिया हुँदै सँगै ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको भन्दै फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्ने ...
: नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले मधेश प्रदेशमा घटेका दुई साम्प्रदायिक घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै शाहले २०८२ चैत्र ७ गते कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ बरगदामा भएको घटना र हालै सुनसरीमा भएको घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका हुन् । दुवै घटनाको ...
: हरेक महिना गृहजिल्ला गोरखा आउने कार्यक्रम बनाएका गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा-१ का विभिन्न ठाउँमा पुगी मतदातासँग भेटघाट गरेका छन्। शुक्रबार मन्त्रालयको काम सकेर साँझ अबेर आरुघाट आइपुगेका मन्त्री गुरुङ शनिबारदेखि मतदाता भेटघाट कार्यक्रममा सरिक भएका हुन्। शनिबार भीमसेनथापा गाउँपालिकाका विभिन्न गाउँबस्तीमा पुगी मतदाता भेटघाट गरेका उनीसँगै हिँडेका रास्वपाका जिल्ला नेता ध्रुव अधिकारीले ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूविरुद्ध पछिल्लो तीन दिनमा धेरै निन्दा भएको बताएका छन्। कांग्रेसको संस्थापन इतर भेलालाई लक्षित गर्दै उनले आफूवरुद्ध धेरै निन्दा गरिएको बताए।। ‘बीपी र विद्रोहका ती दिन’ को औपचारिक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘धर्तीमा जन्मिएदेखि आजसम्म जानेर वा नजानेर जति मेरो निन्दा भएको थियो, त्योभन्दा धेरै यो तीन दिनमा ...