मुख्य समाचार
सांसद अभिषेक प्रताप शाहले मधेश प्रदेशमा घटेका दुई साम्प्रदायिक घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाए
सांसद अभिषेक प्रताप शाहले मधेश प्रदेशमा घटेका दुई साम्प्रदायिक घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाए

: नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले मधेश प्रदेशमा घटेका दुई साम्प्रदायिक घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै शाहले २०८२ चैत्र ७ गते कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ बरगदामा भएको घटना र हालै सुनसरीमा भएको घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका हुन् ।

दुवै घटनाको प्रकृति, पृष्ठभुमी र संवेदनशिलता एउटै भए पनि राज्यले फरक व्यवहार गरेको शाहको भनाई छ । सरकारले सुनसरी घटनामा देखाएको तत्परता र बरगदा घटनामा देखाएको मौनताले राज्यको नांगो रुपलाई उदांगो पारेको सांसद शाहको जिकिर छ ।

सुनसरी घटनाका पीडितलाई सहिद घोषणा, सरकारी जागीर, राहत तथा क्षतिपूर्ति उलपब्ध गराउँदा कपिलवस्तु घटनाका पिडितलाई उपचार खर्च समेत नदिइएको भन्दै शाहले दु:ख व्यक्त गरेका हुन् ।

न्याय भुगोल, समुदाय र राजनितिक पहुँचका आधारमा बाँडिने वस्तु नभएको भन्दै उनले कपिलवस्तु घटनाका मृतक अरुण यादवलाई तत्काल सहिद घोषणा गरी घाईतेहरुको अहिलेसम्मको उपचार खर्च व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन दिएको छ। निगमले २०८३ भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ। उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको ...
: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्। आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गरेका हुन्। विश्वासको मत पेस गर्ने क्रममा उनले राजीनामा दिएको घोषणा गरेका हुन्। सरकार आफूसँगै रहेका दलहरूले छाडेर गएपछि मुख्यमन्त्रीको कुर्सीमा बस्न उपयुक्त लागेर मार्ग प्रशस्त गर्ने निर्णय लिएको उनले बताए। उनले विभिन्न आन्दोलन तथा शान्ति प्रक्रिया हुँदै सँगै ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको भन्दै फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्ने ...
: हरेक महिना गृहजिल्ला गोरखा आउने कार्यक्रम बनाएका गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा-१ का विभिन्न ठाउँमा पुगी मतदातासँग भेटघाट गरेका छन्। शुक्रबार मन्त्रालयको काम सकेर साँझ अबेर आरुघाट आइपुगेका मन्त्री गुरुङ शनिबारदेखि मतदाता भेटघाट कार्यक्रममा सरिक भएका हुन्। शनिबार भीमसेनथापा गाउँपालिकाका विभिन्न गाउँबस्तीमा पुगी मतदाता भेटघाट गरेका उनीसँगै हिँडेका रास्वपाका जिल्ला नेता ध्रुव अधिकारीले ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूविरुद्ध पछिल्लो तीन दिनमा धेरै निन्दा भएको बताएका छन्। कांग्रेसको संस्थापन इतर भेलालाई लक्षित गर्दै उनले आफूवरुद्ध धेरै निन्दा गरिएको बताए।। ‘बीपी र विद्रोहका ती दिन’ को औपचारिक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘धर्तीमा जन्मिएदेखि आजसम्म जानेर वा नजानेर जति मेरो निन्दा भएको थियो, त्योभन्दा धेरै यो तीन दिनमा ...