मुख्य समाचार
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्

: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्। आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गरेका हुन्।

विश्वासको मत पेस गर्ने क्रममा उनले राजीनामा दिएको घोषणा गरेका हुन्। सरकार आफूसँगै रहेका दलहरूले छाडेर गएपछि मुख्यमन्त्रीको कुर्सीमा बस्न उपयुक्त लागेर मार्ग प्रशस्त गर्ने निर्णय लिएको उनले बताए।

उनले विभिन्न आन्दोलन तथा शान्ति प्रक्रिया हुँदै सँगै यात्रा गरेका सहयात्री दलहरूले पार्टी नेतृत्वको निर्णयका कारण साथ छोड्नुपरेको र त्यसले आफूलाई दुःख लागेको बताए। उनले सहयात्रीहरूले समर्थन फिर्ता लिएपछि विश्वासमा संकट पैदा भएको र त्यस्तो अवस्थामा मुख्यमन्त्रीको कुर्सीमा बसिरहन उपयुक्त नहुने उल्लेख गरे।

विश्वासको मत लिनुको सट्टा छोडेर जाने दलहरूलाई मिलेर नयाँ सरकार बनाउन वा अगाडि बढ्नका लागि मार्ग प्रशस्त गरिदिएको उनले बताए।

सो क्रममा मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा भएका काम कारबाहीका बारेमा जानकारी गराएका थिए। एमालेले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका थिए। तर, आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएपछि उनले राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा मृत्यु भएका हिरालाल हजाराको परिवारले सरकारसँग भएको सहमति पुनरावलोकन गरी पुनः लिखित सहमति गर्न माग गरेको छ। हिरालालका छोरा रवि पासवानले शुक्रबार सरकारसँग भएको पाँचबुँदे सहमतिका विषयमा आफूहरू पूर्ण रूपमा जानकार नरहेको र दबाबमा हस्ताक्षर गराइएको दाबी गरेका छन्। उनका अनुसार बुवाको आत्मदाहपछि परिवारमा मानसिक तनाव बढेको र आफू पनि बिरामी ...
: नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन दिएको छ। निगमले २०८३ भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ। उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको भन्दै फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्ने ...
: नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले मधेश प्रदेशमा घटेका दुई साम्प्रदायिक घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै शाहले २०८२ चैत्र ७ गते कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ बरगदामा भएको घटना र हालै सुनसरीमा भएको घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका हुन् । दुवै घटनाको ...
: हरेक महिना गृहजिल्ला गोरखा आउने कार्यक्रम बनाएका गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा-१ का विभिन्न ठाउँमा पुगी मतदातासँग भेटघाट गरेका छन्। शुक्रबार मन्त्रालयको काम सकेर साँझ अबेर आरुघाट आइपुगेका मन्त्री गुरुङ शनिबारदेखि मतदाता भेटघाट कार्यक्रममा सरिक भएका हुन्। शनिबार भीमसेनथापा गाउँपालिकाका विभिन्न गाउँबस्तीमा पुगी मतदाता भेटघाट गरेका उनीसँगै हिँडेका रास्वपाका जिल्ला नेता ध्रुव अधिकारीले ...