मुख्य समाचार
नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन
नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन

: नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन दिएको छ।

निगमले २०८३ भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ। उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।

निगमका अनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगममा उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिकरूपमा तयार गरी सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्ने र उद्योगले उक्त विवरण सोही दिन नेपाल आयल निगमलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

निगमले ग्यास वितरण गर्दा अत्यावश्यक भएका घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री वितरण गर्न पनि निर्देशन दिएको छ।

ग्यासको ढुवानी तथा वितरणका क्रममा सुरक्षा व्यवस्थालाई सहज बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ। साथै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीबाट ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

नजिकको विक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल अत्यावश्यक परेका उपभोक्ताले निगममा सञ्चालनमा रहेको Quick Response Team (QRT) मा सम्पर्क गर्न सक्ने निगमले जनाएको छ। निगमले QRT का लागि ९८५१४४५१२४ र ९८५१४४५१२८ नम्बर सार्वजनिक गर्दै ग्याससम्बन्धी समस्या परेमा सम्पर्क गर्न उपभोक्तालाई अनुरोध गरेको छ।

निगमले ग्यासको बिक्री वितरणमा देखिएका समस्या समाधान गर्दै वास्तविक आवश्यकता भएका उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्साको जगरनाथपुर गाउँपालिका-४ बाट ५ महिनाअघि प्रहरीले नियन्त्रणमा लिएको गाँजासहितको ट्याक्टर प्रकरणको अनुसन्धानका लागि प्रहरीले एक जना कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले अनुसन्धानका क्रममा पटेर्वासुगौली गाउँपालिका-१ सोनवर्षाका हयात अन्सारीलाई नियन्त्रणमा लिएको हो। उनलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले गत शुक्रबार नियन्त्रणमा लिएर सोही कार्यालयमा राखेको छ। गत फागुन २६ गते जगरनाथपुर गाउँपालिका–४ बाट २ सय ...
: कांग्रेसको संस्थापनइतर समूहले शेरबहादुर देउवालाई पार्टी ‘सभापति’ को मान्यता दिँदै उनकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनमा भाग नलिएको देउवा समूहले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै निर्णय र आयोजनामा १५औं महाधिवेशन गर्ने निर्णय गरेको हो। यद्यपि, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले १६ देखि १९ असोजमा १५औं महाधिवेशन आह्वान गरिसकेको ...
: नागपञ्चमीको अवसरमा भक्तपुर नगरपालिका- १० थालाछेँस्थित नागपोखरीमा विशेष पुजाअर्चना गरिएको छ । बिहानैदेखि श्रद्धालुहरुले दुध, अक्षता, चन्दन र फूल लगायतले श्रद्धापूर्वक पूजाआराधना गरिरहेका छन् । नागपोखरी परिसर भक्तजनले भरिभराउ भएको छ । मल्लकालमा भुपतिन्द्र मल्लले पाँच तले मन्दीर बनाउँदा थालाछेँको माटो प्रयोग गरीएको र त्यहाँ पोखरी निर्माण भएको किंवदन्ती रहेको स्थानीय वीरेन्द्र जति ...
: विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो। लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरिएको जानकारी पाएपछि सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको हो। एसपी कटवालले यो ...
: भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा मृत्यु भएका हिरालाल हजाराको परिवारले सरकारसँग भएको सहमति पुनरावलोकन गरी पुनः लिखित सहमति गर्न माग गरेको छ। हिरालालका छोरा रवि पासवानले शुक्रबार सरकारसँग भएको पाँचबुँदे सहमतिका विषयमा आफूहरू पूर्ण रूपमा जानकार नरहेको र दबाबमा हस्ताक्षर गराइएको दाबी गरेका छन्। उनका अनुसार बुवाको आत्मदाहपछि परिवारमा मानसिक तनाव बढेको र आफू पनि बिरामी ...