मुख्य समाचार
इरानी सेनाले कुनै पनि अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई ३० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा
इरानी सेनाले कुनै पनि अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई ३० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा

: इरानी सेनाले कुनै पनि अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई ३० हजार अमेरिकी डलर (करिब ४५ लाख नेपाली रुपैँया) पुरस्कार दिने घोषणा गरेको छ। यदि यो कार्य कुनै महिलाले गरेमा पुरस्कार रकम दोब्बर अर्थात् ६० हजार डलर पुर्‍याइने इरानी सेनाले जनाएको छ। साथै, आक्रमणमा प्रयोग गरिएको हतियार खरिद गरी संग्रहालयमा राखिनेछ।

तेहरानमा आयोजित एक कार्यक्रममा इरानी सेनाका कमाण्डर-इन-चिफ अमिर हातमीले वित्तीय जिहादमार्फत देशको युद्ध प्रयासमा आर्थिक सहयोग गर्न चाहने नागरिकहरूको मागबमोजिम यो योजना ल्याइएको बताए।

हातमीले यस योजनाले अमेरिकाको सैन्य प्रभुत्वलाई कमजोर बनाएको र धेरै देशहरूलाई आफ्नो सुरक्षाका लागि अन्य विकल्प खोज्न बाध्य पारेको दाबी गरे।

इरानलाई पराजित गरेपछि होर्मुज स्ट्रेटलाई अमेरिकी क्षेत्र घोषणा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको आलोचना गर्दै हातमीले इरानले अमेरिकी सेनालाई प्रभावकारी रूपमा पछि हट्न बाध्य पारेको बताए। उनले अब अमेरिकी सेनालाई फारसको खाडी, ओमान सागर वा होर्मुज स्ट्रेटमा प्रवेशको अनुमति नभएको दाबी समेत गरे।

यसैबीच, इरानले गत मार्च २ तारिखदेखि कतारले आफ्ना तीन जना पाइलटलाई नियन्त्रणमा राखेको आरोप लगाएको छ। अमेरिका र इजरायलसँगको युद्धका प्रारम्भिक दिनहरूमा इरानको ‘Su-24’ विमान कतारको एयर डिफेन्सको चपेटामा परेको र प्यारासुटमार्फत सुरक्षित ओर्लिएका पाइलटहरूलाई कतारी अधिकारीहरूले नियन्त्रणमा लिएको इरानको भनाइ छ।

इरानी सेनाको बेपत्ता खोजी समितिका प्रमुख जनरल सैयद मोहम्मद बागेरजादेहले रेडक्रसलाई पत्र लेख्दै नियन्त्रणमा रहेका पाइलटहरू जवाद सालेही, अब्दोलमजिद दश्तियान र ओमरान बेहरावेशियनको अवस्था सार्वजनिक गर्न र परिवारसँग सम्पर्क गराउन माग गरेका छन्। चौथो पाइलट माजिद काजेमीको भने मृत्यु भएको जनाइएको छ।

कतारद्वारा आरोपको खण्डन

कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले इरानको आरोपलाई पूर्ण रूपमा खण्डन गरेका छन्। कतारले कुनै पनि इरानी पाइलटलाई नियन्त्रणमा नराखेको उनले स्पष्ट पारे।

इरानी विमानले कतारी आकाशमा प्रवेश गरेपछि सम्पर्कको प्रयास गरिए पनि जवाफ नआएपछि अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो सीमा रक्षाका लागि कारबाही गरिएको कतारको भनाइ छ। मार्चको सुरुमा दुईवटा इरानी Su-24 विमान खसालेपछि गरिएको खोजीका क्रममा एक पाइलटको शव फेला परेको र सो शव हस्तान्तरणका लागि इरानसँग सम्पर्क गरिएको कतारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...