मुख्य समाचार
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नैले डुबाएको बताए
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नैले डुबाएको बताए

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नैले डुबाएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले चुनदेवी कार्यालयमा सभापतिको 'नेमप्लेट' राखेर देउवालाई उचाल्न खोजेको आरोप लगाए।

सबै कुरा मिलिसक्यो भनेर सिंगापुरबाट बोलाएर नेताहरूले देउवालाई ढाँटेको र आफ्ना कमीकमजोरी लुकाउन ढाल बनाउने काम गरेको थापाको भनाइ छ। पटक-पटक देउवालाई ढाँटेर संस्थापन इतर पक्षका नेताहरूले आफ्नो स्वार्थ पूर्ति गर्ने काम गरेको थापाले आरोप लगाए।

'त्यो बेला जसले यसो नगरौँ दाई भन्यो, ती सबै तपाईँलाई पराई लागे, जसले वरिपरि बसेर धुप बाले ती आफ्ना लागे। आफ्नैले डुबाए दाई, फेरि डुबाउँछन्,’ थापाले भने।

थापाले निवर्तमान सभापति देउवा पक्षले गरेको राष्ट्रिय भेलालाई आफूले स्वभाविकरूपमा लिएको बताए। पार्टीभित्र भेला गर्ने अधिकार सबैलाई भएको उनले बताए। आफूहरूले पनि विगतमा छुट्टै भेला गरेको स्मरण गर्दै सभापति थापाले धेरै टीका-टिप्पणी गर्न आवश्यक नरहेको बताए।

संस्थापन इतर पक्षको भेलामा आफ्नाविरुद्ध थुप्रै आलोचना भए पनि हिलोमा ढुंगा हान्दा आफ्नै अनुहार फोहोर हुने भएकाले आफूले कुनै टिप्पणी नगर्ने उनको भनाइ छ।

सभापति थापाले आफू १५औं महाधिवेशनमा जाने तयारीमा रहेकाले भोलिबाटै तयारी सुरु गरिने बताए। महाधिवेशनबाट नेतृत्वमा आउन पनि सभापति थापाले इतर पक्षका नेताहरूलाई चुनौती दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मिटरब्याज पीडितहरूले सोमबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन संघर्ष समितिका अध्यक्ष लालबहादुर मगरको नेतृत्वमा पुगेका पीडितहरूले मिटरब्याज साहुलाई कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने तथा भूमाफियामाथि कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका हुन् । करिब ७० जना सहभागी रहेको प्रदर्शनमा 'मिटरब्याज साहुलाई कारबाही गर', ...
: पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीका आवाज मास्न हुकुमी शासन चलाएको बताएका छन्। सर्वोच्च अदालतको परमादेशबाट रिहा भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै श्रेष्ठले सरकारले आफूसँग बदलाको भावना लिएको बताए। आफ्नो पक्राउलाई श्रेष्ठले पेशागत धर्म निर्वाह गर्ने क्रममा राज्यले लिएको 'बदलाको कारबाही' भनेका छन्। जनआस्थाले लेखेका समाचारहरू गलत भएमा खण्डन गर्नसमेत उनले चुनौती दिए। सरकारले जनआस्थाविरुद्ध ...
: केही दिनदेखि कामकारबाही ठप्प पारेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलपछि आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता गरिएको हो। श्रममन्त्री रामजी यादव, श्रम मन्त्रालयका सचिवलगायतको उपस्थितिमा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच तीन घण्टा लामो छलफल भएको थियो। संघका महासचिव हिराबहादुर डाँगीले सोमबार एक विज्ञप्ति जारी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचन केन्द्रित क्यान्डिडेट क्लबको घोषणा गरेको छ। सोमबार पार्टी कार्यालय वनस्थलीमा आयोजित एक कार्यक्रमकाबीच रास्वपा सभापति रवि लामिछानले क्यान्डिडेट क्लबको शुभारम्भ गरे। आगामी स्थानीय तहका उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लबको अवधारणा ल्याइएको सभापति लामिछानेले बताए। आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा अनलाइनमार्फत आवदेन दिन सक्ने र आगामी ...
: नेपाली कांग्रेसभित्र नेतृत्व, वैधानिकता र आगामी महाधिवेशनलाई लिएर चर्किएको विवाद तत्काल समाधान हुनेभन्दा पनि नयाँ शक्ति समीकरणतर्फ उन्मुख भएको संकेत देखिएको छ। सभापति गगनकुमार थापाले असन्तुष्ट पक्षलाई महाधिवेशनमार्फत आफूलाई पराजित गरेर नेतृत्व लिन चुनौती दिएका छन् भने संस्थापन इतर समूहका संयोजक शशांक कोइरालाले थापालाई नै सभापति स्वीकार गर्न सकिने तर सबै वरिष्ठ नेताहरूलाई समेटेर ...